सांगीतिक श्रृङ्खला ‘बीएस ऋदम ब्लास्ट’

आदर्श समाज सम्वाददाता
भाद्र २५, २०७७
118878177_851705105365411_5433810749082199582_n

पाेखरा, २५ भदाै । बीएस इन्टरटेण्टमेन्ट पोखराले संचालन गरेको सांगीतिक श्रृङ्खला ‘बीएस ऋदम ब्लास्ट’ को पहिलो श्रृङ्खला शुक्रबार सार्वजनिक हुँदै छ ।

आफ्नै युट्युब च्यानल बीएस इन्टरटेण्टमेन्टद्वारा सार्वजनिक हुने पहिलो श्रृङ्खलामा पछिल्लो समयमा निकै चर्चामा रहेको पोखरेली ब्याण्ड डिमर्ज ब्याण्डको प्रस्तुति रहेको जनाइएको छ ।

विशेषतः नयाँ पुस्ताका श्रोता तथा दर्शकको सांगीतिक तृष्णा मेट्न र नयाँ प्रतिभालाई अवसर प्रदान गरी समग्र नेपाली गीतसंगीतको उठानको उद्देश्यले यो कार्यक्रम गर्न लागिएको बीएस इन्टरटेण्टमेन्ट पोखराका सञ्चालक सञ्जु सुनारले जानकारी दिए ।

पोखरामा रहेका स्थापित एवं नवब्याण्डहरुको प्रस्तुति रहने यस श्रृङ्खलामा ब्याण्डका प्रायः बिल्कुलै नयाँ गीतहरु सुन्न सकिने छ । यस श्रृङ्खला ब्लाष्टको पहिलो सिजन १७ औं श्रृङ्खलासम्म रहेको र प्रत्येक शुक्रवार अन्य गीतहरु सार्वजनिक गरिने अर्का संचालक विष्णु गुरुङले बताए ।

सो सांगीतिक श्रृङ्खलामा डिमर्ज, आत्म सर्ग, अडियो फार्म, इनफ्लेम, निर्भिक, निष्कर्ष, ब्लाक सीप, वेभ, स्पर्श, विट्नेश, ब्लु माइण्ड, ब्लाक रोज ब्यान्ड र युवराज पुर्जा, सुजन पुर्जा, संगम पहाडी, सब्बु र प्रज्वल जोजिजूको सहभागिता छ ।

Related News

सम्बन्धित समाचार

  • को होला मिस तामाङ ?

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङ पोखराको ग्राण्ड फिनाले शनिबार हुँदैछ । पोखरा सभागृहमा ११…
  • पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । अहिलेको चर्चित गीत ‘म त ढलें ढलें..’ सबैको मुखमा झुण्डिएको छ । मेल महोत्सव, विभिन्न कार्यक्रममा समेत यही…
  • मिस तामाङमा १३ प्रतिस्पर्धी

    आदर्श समाज सम्वाददाता पौष १, २०८१
    पोखरा । सोनाम ल्होसार अवसरमा बैदाम तामाङ समाज पोखराले नवौं मिस तामाङको तयारी गरेको छ । आगामी १२ माघमा पोखरा…
  • सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी

    विजय नेपाल मंसिर १९, २०८१
    पोखरा । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्र क्षेत्रको विकासका लागि विभिन्न विषयलाई प्राथमिकता दिएर दू्रत गतिमा काम…
  • ‘मनमाया’ गीतको भिडियो सार्वजनिक

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । किरण शंकर र सुमिना लोको आवाजमा रहेको ‘मनमाया’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पोखरामा शुक्रबार आयोजित…

hero news full width