मनाङ, २४ भदौ । हिमालपारिको जिल्ला मनाङमा करारका एक चिकित्सकका भरमा स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ । जिल्ला अस्पताल मनाङमा जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ । एक चिकित्सकले जिल्लाका बिरामीलाई स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने अवस्था छ । मनाङमा कोभिड–१९ को सङ्क्रमणले अझ समस्या थपिएको छ ।
सुगम क्षेत्रमा धेरै चिकित्सक रहने भए पनि ग्रामीण क्षेत्रमा भने चिकित्सकको अभाव हुने गरेको छ । कोरोना सङ्क्रमणको संख्या र बिरामीको अवस्था हेर्दा स्वास्थ्य क्षेत्रमा धेरै जनशक्ति हुनुपर्ने हो तर कतिपय सामग्री जनशक्तिको अभावमा चलाउनसमेत सकिएको छैन । जिल्ला अस्पताल मनाङमा मेडिकल अधिकृत एवं कोरोना फोकल पर्सन डा सन्तोष अधिकारी मात्रै छन् ।
मनाङमा भएका दक्ष जनशक्तिका रूपमा एक चिकित्सकलाई पनि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सरुवा गरी पोखरा तानेपछि सेवा प्रवाहमा समस्या भएको हो । मनाङ जिल्लाभरको स्वास्थ्य सेवाका लागि अस्पताल पनि एउटै र अस्पतालमा कार्यरत चिकित्सक पनि एक जना मात्र रहेको प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले जानकारी दिए । ‘कोभिडका बिरामीका लागि उपचार गराउन कस्तो बिरामी हुन्छ, सोअनुसार उपचार गर्नुपर्ने हुन्छ तर यहाँको अस्पतालमा एक जना मात्रै चिकित्सक हुनुहुन्छ, जिल्लावासीको उपचारका लागि एक जनाले मात्रै गर्दा समस्या र चुनौती छ’, प्रजिअ गिरीले भने, ‘जिल्लाको एक मात्र चिकित्सक बिदामा बस्नुपर्ने वा बिरामी परे अझ बढी समस्या हुन्छ, यो समस्या समाधानका लागि छलफल भइरहेको छ ।’
अहिले एक मात्र डा अधिकारी दैनिक बिरामी र कोरोना सङ्क्रमितको सेवामा व्यस्त हुनुहुन्छ । दुई जना चिकित्सकको दरबन्दी भए पनि जिल्ला अस्पताल मनाङमा दरबन्दीका चिकित्सक एक जना पनि छैनन् । अहिले जिल्लाको अस्पतालबाट सेवा करारका एक चिकित्सकले मात्रै दिँदै आएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए ।
उनका अनुसार अस्पतालमा कार्यरत चार कर्मचारी करारका छन् । जिल्लामा दुई चिकित्सक, दुई स्टाफ नर्स, अहेव, सहयोगी गरी ११ जनाको दरबन्दी भए पनि अहिलेसम्म अस्पतालमा करारका चिकित्सकले मात्रै स्वास्थ्य सेवा दिइरहेका छन् । स्वास्थ्यका प्राय धेरैजसो कर्मचारी करारका छन् । उनका अनुसार हाल जिल्ला अस्पतालमा डा अधिकारी, नर्स बिना पौडेल, सिनियर अहेव रहमत अन्सारी र ल्याब टेक्निसियन प्रकाश रोक्का छन् ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१