गण्डकीमा एकैदिन ६७ संक्रमित

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७७
covid 19 corona banner

पोखरा, २१ भदौ । गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्तिमा कास्कीका २० जना छन् । जसमध्ये २ जना महिला अमरसिंहचोकको पार्कल्याण्ड अस्पतालमा कार्यरत कर्मचारी हुन् । संक्रमित मध्ये लमजुङ २ जना, बागलुङका ३ जना, स्याङ्जाका २२ जना, तनहुँका ७ जना र नवलपुरका १३ जना रहेका छन् ।

कास्कीका सबै संक्रमित पोखरा महानगरपालिकाका हुन् । लमजुङका संक्रमित बेशीसहरका हुन् । बागलुङका काठेखोला, स्याङ्जाका पुतलीबजार, तनहुँका बन्दीपुर, भानु, व्यास र शुक्लागण्डकी रहेका छन् । त्यस्तै नवलपरासीका मध्यविन्दु, कावासोती र बुलिंगटारका रहेको निर्देशनालयले विज्ञप्ति मार्फत जनाएको छ ।

लमजुङका दुई जना संक्रमित रिलायन्स अस्पतालका कार्यरत छन् ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय १४ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width