बुटवल, १९ भदौ । रुपन्देहीमा शुक्रबार बिहान ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुने २ जना सिद्धार्थनगरका र १ जना बुटवलका हुन् ।
उनीहरुमध्ये २ जनाको अस्पतालमा उपचार भइरहेको थियो भने एकजनाको घरमै मृत्यु भएको हो । सिद्धार्थनगर–८ का मृगौलाका बिरामी डायलासिस् गराउन अस्पताल जाने तयारी गरेका ४५ वर्षीय पुरुषको घरमै मृत्यु भएको हो ।
भरतपुर अस्पतालमा उपचार गराएर आएका उनी कोरोना भाइरस संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए । भरतपुर अस्पतालमा उपचार गरी भैरहवा आएका उनको बिहान मृगौलाको डायलासिस गर्न जाने तयारी गर्दैगर्दा मृत्यु भएको शाहले जानकारी दिए ।
यस्तै बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत् ६४ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अध्यक्ष एजाज आलमका अनुसार सिद्धार्थनगर नगरपालिका–७ की महिला स्वास्थ्य समस्या देखिएपछि भदौ ४ गते अस्पताल भर्ना भएकी थिइन् ।
उच्च रक्तचाप, सुगर, मिर्गौला र निमोनियाको समेत समस्या रहेकी उनलाई कोरोनाको समेत आशंकामा स्वाब परीक्षण गर्दा भदौ १६ गते कोरोना पोजिटिभ रिपोर्ट आएको थियो ।
स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा शुक्रबार बिहान साढे आठ बजे मृत्यु भएको आलमले जानकारी दिए ।
शुक्रबार बिहान नै बुटवलको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा उपचाररत् ७८ वर्षीय पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार बुटवल–८ मिलनचोक निवासी उनी ९ दिनदेखि कोरोना विशेष अस्पतालमा उपचाररत थिए । मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनको शुक्रबार बिहान ९ बजे मृत्यु भएको गौतमले जानकारी दिए ।
यो सँगै रुपन्देहीमा शुक्रबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । ६ सयभन्दा बढी सक्रिय संक्रमित रहेको रुपन्देहीमा यही भदौ २० गतेसम्म निषेधाज्ञा जारी छ ।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१