तनहुँमा तीन फरार व्यक्ति पक्राउ

रासस
भाद्र १६, २०७७
arrested1.2e16d0ba.fill-650×500

तनहुँ, १६ भदौ । जिल्ला प्रहरी कार्यालय तनहुँले छुट्टाछुट्टै तीन वटा मुद्दाका फरार व्यक्तिलाई सोमबार पक्राउ गरेको छ । गौबध, सवारी ज्यान र सार्वजनिक मुद्दाका फरार तीन जनालाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत पेश गरेको हो ।

गौबध मुद्दामा फरार रहेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ दुलेगौँडा निवासी ३१ वर्षीय भरत थापा भन्ने विशाल पुनउपर जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको थियो । विसं २०७१ चैत १८ गते अदालतले उक्त फैसला गरेपछि उनी फरार रहँदै आएका थिए । पक्राउ परेका उनलाई जिल्ला अदालतसमक्ष पेश गरेकामा बाँकी रहेको कैद भुक्तानका लागि सोमबार कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

त्यसैगरी भिमाद नगरपालिका–१ डुम्रेबेँसी बस्ने २२ वर्षीय बालकृष्ण भुजेल भन्ने बलबहादुर घर्तीलाई सवारी ज्यान मुद्दामा फरार रहेकाले तीन वर्षपछि पक्राउ गरेको छ । विसं २०७४ साउन ३१ गतेको जिल्ला अदालतको फैसलाले निजलाई दुई वर्ष कैद हुने गरी सजाय ठहर गरेकामा उक्त फैसलाउपर एक वर्ष ११ महिना पाँच दिन कैद भुक्तान नगरी फरार रहेकाले उनलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले जानकारी दिए ।

त्यसैगरी केही सार्वजनिक अपराध मुद्दाका फरार रहेका व्यासनगरपालिका–१३ पोखरीभञ्ज्याङ निवासी २४ वर्षीय सुनिल बाचेलाई पाँच वर्षपछि प्रहरीले पक्राउ गरेको छ । विसं २०७२ चैत १६ गतेको जिल्ला अदालतको फैसलाले रु पाँच हजार जरिवाना ठहर गरेकामा उक्त जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेकाले खोजतलास गर्दै जाँदा भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौँदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेको व्यक्तिहरुको खोजीकार्यलाई तीव्रता दिँदै आएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका–७ को पर्यटकीय गाउँ लान्द्रुकमा यस वर्ष पनि हनी हन्टिङ महोत्सव हुने भएको छ । आगामी ८…
  • दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    स्याङ्जा । सडक अनुशासनको पालना तथा सवारी दुर्घटना न्यूनीकरणका मंगलबारदेखि स्याङ्जामा ‘ट्राफिक सप्ताह’ सुरु गरिएको छ । जिल्ला प्रहरी र…
  • राेहितलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा। पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं…
  • रत्न शोभा माविको ६५ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    लेखनाथ ।  पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले समुदायवाट संचालीत विद्यालय हाम्रा भएकाले हामीले नै वनाउनु पर्नेमा जोड दिएका छन् ।…

hero news full width