फाइल फोटो ।
काठमाडौँ, १२ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा आज थप ९२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ३६ हजार ४५६ पुगेको छ । आठ दिन अघि सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३ थियो । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १० हजार २२९ जनाको पिसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। आज थपिएका सङ्क्रमितमा ५९३ पुरुष र ३३४ महिला रहेका छन् ।
हालसम २० हजार २४२ जना कोरोनाबाट मुक्त भइ घर फर्किएको गौतमले बताए। पछिल्लो २४ घण्टामा १६९ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुनेको दर ५६ प्रतिशत रहेको छ । हालसम्म ६ लाख ५८ हजार ११० जनाको पिसीआर गरिएको छ ।
देशभर हाल १६४ सङ्क्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने २२ सङ्क्रमितलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता गौतमले बताए। हाल देशभर १६ हजार १९ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल ६ हजार ४४६ सङ्क्रमित होम आइसोलेसनमा तथा ९ हजार ५७३ जना संस्थागत आइसोलेसनमा बस्दै आएका छन्।
चौबिस घण्टामा कहाँ कहाँ कति भेटिए सङ्क्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाम, उदयपुर र ओखलढुंगामा एक एका, झापामा १५, पाँचथरमा २, मोरङमा ४७, संखुवासभामा २, सुनसरीमा ४१ तथा सोलुखुम्बुमा एक जना कोरोना सङ्क्रमित थपिएका छन् ।
यस्तै प्रदेश २ को धुनषामा २०, पर्सामा १, बारामा ४, महोत्तरीमा १३, रौतहटमा २१, सप्तरीमा ७, सर्लाहीमा १३ तथा सिरहामा १२ कोरोना सङ्क्रमित थपिएका छन् । बागमती प्रदेशको काठमाडौंमा ३५०, काभ्रेपलाञ्चोकमा १७, चितवनमा २६, धादिङमा १६, नुवाकोटमा ३, भक्तपुरमा ५४, मकवानपुरमा ५१, रसुवामा १, ललितपुरमा ११, सिन्धुपाल्चोकमा १ तथा सिन्धुलीमा २ जना सङ्क्रमित थपिएका छन् ।
यसैगरी गण्डकी प्रदेशको कास्कीमा १६, गोरखामा १, तनहुँमा ४, नवलपरासी पूर्वमा ११, लमजुङमा २ र बागलुङमा एक कोरोना सङक्रमित भेटिएको प्रवक्ता गौतमले बताए। यस्तै प्रदेश ५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा २, दाङमा १, नवलपरासीमा २, बर्दियामा २, बाँकेमा ३६ तथा रुपन्देहीमा ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको जुम्लामा ६, दैलेखमा ११ र सल्यानमा ३ तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १, कैलालीमा ११ र डोटीमा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए।
काठमाडौँ उपत्यकामा थपिए ४१५
पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ४१५ कोरोना सङ्क्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । थपिएको यो संख्या हालसम्मकै बढी हो । थपिएकामध्ये काठमाडौँका ३५०, ललितपुरका ११ र भक्तपुरका ५४ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो । बिहीबार उपत्यकामा ३७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
एकै दिन १२ को मृत्यु
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । एकै दिनमा मृत्यु हुनेको संख्या यो हालसम्मकै बढी हो । मृत्यु हुनेमा आठ पुरुष तथा चार महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको संख्या १९५ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार मोरङकी ५६ र ६५ वर्षीया, भक्तपुरकी ६४ वर्षीया तथा मकवानपुरकी ७१ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । यस्तै आज कोरोनाबाट रुपन्देहीका ६० वर्षीय, कास्कीका ५२ वर्षीय, चितवनका ५१ वर्षीय, झापाका ८३ वर्षीय, सिरहाका ५५ वर्षीय, पर्साका ७२ वर्षीय, धनुषाका ४५ वर्षीय र उदयपुरका ५२ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।
देशभर ६ हजार २०२ आइसोलेसन बेड थप
सरकारले कोरोना भाइरसको सङ्क्रमण बढेपछि संघीय, प्रदेश तथा स्थानीय तहमा गरी ६ हजार २०२ आइसोलेसन बेड थप गरेको छ । प्रवक्ता गौतमका अनुसार केन्द्रका अस्पतालमा एक हजार, प्रदेशमा एक हजार ९५७ तथा ६४९ स्थानीय तहमा प्रत्येकमा ५ वटाको दरले तीन हजार २४५ बेड थप गरिएको छ । देशका थप तीन अस्पताललाई कोभिड अस्पतालका रुपमा सूचिकृत गरिएको छ । सूचिकृत गरिएका अस्पतालमा काठमाडौँको कान्तिपुर र जनमैत्री तथा पर्साको वीरगन्जस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पताल रहेका छन्।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
hero news full width
मुख्य समाचार
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१