बतासलाई उत्कृष्ट डिलर अवार्ड

आदर्श समाज सम्वाददाता
भाद्र ११, २०७७
batas

पोखरा, ११ भदाै । बतास अर्गनाइजेसनलाई भारतको भोल्भो आइसर कमर्सियल भेइकल लि.ले उत्कृष्ट डिलर अवार्ड प्रदान गरेको छ ।

इष्टर्न एजेन्सी प्रालि आइसरको अधिकृत बिक्रेता बतासले दक्षिण एसियाका डिलरहरुमध्ये उत्कृष्ट डिलर अवार्ड हात पार्न सफल भएको हो ।

कम्पनीले गत वर्ष हेभी ड्युटी ट्रक सेग्मेन्टमा सबैभन्दा बढी परिमाणमा बिक्री गर्न सफल भएवापत यो अवार्ड प्राप्त गरेको बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए ।

बतासले दक्षिण एसियाको उत्कृष्ट डिलरसँगै ‘हेभी ड्युटी ट्रक सेल्स इन ओभरसिज’ शीर्षकमा अवार्ड पाएको हो । बिहीबार आयोजित भर्चुअल कार्यक्रममार्फ सो अवार्ड घोषणा गरिएको हो ।

कार्यक्रममा अध्यक्ष बतासले इस्टर्न मोटर्समार्फत आइसरलाई नेपाली बजारमा स्थापित गर्न सहयोग गर्ने सबै कर्मचारी तथा शुभेच्छुक र सहयात्रीप्रति कृतज्ञता प्रकट गरे । उनले भने, ‘यो खुसी आइसर र इष्टर्न परिवारमा बाँड्न चाहन्छु । हाम्रा सहकर्मीको अथक प्रयासबिना यो प्रतिष्ठत अवार्ड सम्भव थिएन ।’

Related News

सम्बन्धित समाचार

hero news full width