Representative Image
काठमाडौँ, १० भदाैं । आम नेपालीको भान्छामा दैनिक प्रयोग हुँदै आएका मसला कोरोना–१९ सँग लड्ने औषधिका रूपमा काम सकिने आयुर्वेद उपचार पद्धतिले देखाएको छ । भान्छामा दैनिक प्रयोगमा आउने सुठो, मरिच, पिप्ला, दालचिनी, अलैंची, असुरो, जेठी मधु, पुदिना, तुलसी, गुर्जोलगायत नियमित सेवनले कोरोना–१९ सँग लड्ने क्षमता वृद्धि गर्ने आयुर्वेद उपचार पद्धतिले देखाएको हो।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरका कार्यकारी निर्देशक डा रामआधार यादवले भने, “हामीले भान्छामा प्रयोग गर्दै आएका सुठो, मरिच, पिप्ला, दालचिनी, अलैंची, असुरो, जेठी मधु, पुदिना, तुलसी, गुर्जोलगायत नियमित सेवनले शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाएर कोरोनाविरुद्ध लड्न सहयोग पुग्छ।”
डा यादवका अनुसार जडिबुटीको प्रयोगले कोरोनाबाट बच्न सकिन्छ । विशेष गरी उमेर पुगेका पाका ज्येष्ठ नागरिक र दीर्घ रोगीलाई कोरोनाको जोखिम बढी हुने भएकाले गुर्जोको सेवन अमृत समान हुन्छ । गुर्जो ज्येष्ठ नागरिकमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । “गुर्जो तीतो हुने हुँदा यसलाई सेवन गर्दा रक्तचाप घट्छ भन्ने आम धारणा छ, तर त्यो गलत हो”– डा यादवले भने, “यसले उच्च रक्तचाप बढाउने वा घटाउने अनि मधुमेहलाई बढाउने कुनै पनि गर्दैन, रक्तचाप सही राख्न र मधुमेहका लागि उपयोगी छ।”
कोरोना सङ्क्रमण हुँदा श्वासप्रश्वासमा अप्ठेरो पर्ने भएकाले यस्तो समस्या हुनै नदिन असुरोको पातको काँडा बनाएर सेवन गर्दा रोगसँग लड्ने क्षमता बढ्ने उनको अध्ययनले बताउँछ । “कोरोना पोजेटिभ देखिएका बिरामीसँग भौतिक दुरी कायम राखे हो, तर भावनात्मक दुरी नजिक हुनुपर्छ”, डा यादवले भने, “सङ्क्रमितलाई ढाडस र साहस प्रदान गरेर बिरामीको सँधै मनोबल उच्च राख्नुपर्छ ।” उनको रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम हुने हुँदा फ्रिजमा राखेको खानेकुरा नखाने, सकेसम्म ताजा बनाएर खाने बानी बसाल्ने, भान्छा प्रयोग हुने ७० प्रतिसतभन्दा बढी मसलामा औषधिजन्य गुण हुने भएकाले त्यसको प्रयोग गर्नुपर्ने उनको सुझाव छ।
कोरोना महामारीपछि स्यानिटाइजरको प्रयोग ब्यापक बनेको छ । तर, घर र कार्यालय जहाँ साबुन पानी पाइन्छ । त्यस्ता ठाउँमा स्यानिटाइजर प्रयोग गर्नुभन्दा सकेसम्म साबुन पानीले हात धुने बानी बसाल्नु उपयुक्त हुने डा यादवको सुझाव छ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले बेलायतको बर्नमाउथ विश्वविद्यालयको सहयोगमा आयोजना गरेको कार्यक्रममा डा यादवले आयुर्वेद वैज्ञानिक विधि भएको र त्यसको प्रयोग गर्नु उपयुक्त हुने बताए।
Related News
सम्बन्धित समाचार
लायन्स आदर्श चौतारीको शिविर
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
हिमालयनलाई वडाध्यक्ष कप
अखण्ड कीर्तनको १७ औं वार्षिकोत्सव
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
hero news full width
मुख्य समाचार
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१