नेसन्स लिग खेल्ने इङ्लिस टोलीको घोषणा

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७७
England Team

इङ्ल्यान्ड फुटबल टोलीको फाइल तस्बीर

पोखरा । युइएफए नेसन्स लिग फुटबल खेल्न इङ्ल्यान्डको राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ ।

इङ्ल्यान्ड फुटबल संघले नेसन्स लिग खेल्ने २४ सदस्यीय राष्टिय टोली घोषणा गरेको हो ।

२४ सदस्यीय इङ्ल्यान्डको टोलीमा गोलरक्षकहरु जोर्डन पिक्फोर्ड, डिन हेन्डरसन र निक पोप छन् । त्यस्तै, डिफेन्डेन्डरमा एलेक्जेन्डर आर्नोल्ड, ह्यारी मागुएरे, केयरन ट्रिपर, कायल वालकर, एरिक डायर, जोइ गोमेज, माइकल केन र ट्रोएनी छन् ।

मिडफिल्डरमा फिल फोडेन, मेसन माउन्ट, काल्भिन फिलिप्स, डिक्लेन राइस, जेम्स वार्ड र ह्यारी विंक्स छन् । फर्वाडमा ह्यारी केन, मार्कुस राष्फोर्ड, जाडोन सान्चो, रहिम स्ट्रर्लिङ, ड्यानि इन्ग्स, ग्रीनवुड र टामी अब्राहम छन् ।

नेसन्स लिगका सुरुवाती दुई खेलका टोली घोषणा गरेको मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले जनाएका छन् । उनले युवा तथा अनुभवी खेलाडीहरुलाई समेट्दै सन्तुलित टोलीको घोषणा गरेको जनाएका छन् ।

इङ्ल्यान्डले नेसन्स लिगअन्तर्गत आइसल्यान्ड र डेनमार्कसँग खेल्नेछ । पहिलो खेल ५ सेप्टम्बरमा आइसल्यान्डको घरेलु मैदानमा खेल्नेछ । त्यस्तै, दोस्रो खेल ८ सेप्टेम्बरमा डेनमार्कको घरेलु मैदानमा उसैसँग खेल्नेछ ।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width

Recent Posts

भर्खरै