पोखरा । प्रहरीमा कार्ययोजना सम्झौता भएको छ । गण्डकी प्रदेशअन्तर्गत नेपाल प्रहरीबाट सम्पादन हुने विभिन्न गतिविधिहरुलाई थप व्यवस्थित, परिस्कृत तथा विश्वासयोग्य बनाउन गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले प्रदेश मातहतका प्रहरी कार्यालयका प्रमुखहरुसँग गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको ‘एकवर्षे कार्ययोजना–२०७७/०७८’ सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
उनले सोमबार प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, दंगा नियन्त्रण प्रहरी गण तनहुँका प्रमुख प्रहरी उपरीक्षक डा. मेखबहादुर खत्री, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरे, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठसँग कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
उनले गण्डकी प्रदेश सशस्त्र प्रहरी गण, प्रदेशअन्तर्गतका जिल्ला प्रहरी कार्यालय (नवलपरासी पूर्व, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ र मनाङ), नेपाल पुलिस स्कुल बेलचौंतारा तनहुँ, विपद् व्यवस्थापन गुल्म बाग्लुङसँग समेत भीडियो कन्फेरेन्स मार्फत कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा डीआईजी अर्यालले उक्त कार्ययोजनाले नेपाल प्रहरीले विगतदेखि नै सम्पादन गर्दै आईरहेका विविध गतिविधि थप परिस्कृत, व्यवस्थित, परिणाममुखी एवं आमनागरिकका भावनालाई आत्मसाथ गर्न प्रहरी सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गरी आगामी दिनमा संगठनको सुदृढीकरण र सवलिकरणमा मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गरे ।
प्रहरी सेवा प्रवाहका विषयमा बोल्दै उनले दिनप्रतिदिन आमनागरिकको प्रहरीप्रतिको अपेक्षामा वृद्धि भईरहेको साथै प्रहरी कार्यालय आमनागरिकको विश्वास र भरोसाको केन्द्रविन्दु भएकाले त्यहाँ आउने सेवाग्राहीलाई आचरणयुक्त, पूर्ण व्यवसायीक शिष्टताका साथ व्यवहार गर्न गराउन निर्देशन दिँदै प्रहरीबाट हुने कुनै पनि गैर व्यवासयीक, अमर्यादित र अपारदर्शिताका विषयहरु क्षम्य नहुने बताए ।
विषम परिस्थितिमा पनि अग्रपंक्तिमा रही कोरोना भाइरसको संक्रमणबाट आमनागरिकलाई बचाउने प्रहरी आफै संक्रमित हुँदा थप जटिल अवस्था सिर्जना हुनसक्ने र जनतामा त्रासदीपूर्ण माहोल सृजना हुने भएकाले प्रहरी सर्वप्रथम आफू सुरक्षित हुने उपाय अपनाउँदै कार्यक्षेत्रमा खटिन सुझाव दिए ।
यसअघि नै संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेस थापा क्षत्रीबाट साउन २५ मा नेपाल प्रहरीको कार्ययोजना, ०७७ जारी भइसकेको छ ।
Related News
सम्बन्धित समाचार
जरोटुप्पोमा सम जयन्ती र सम्मान
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
कोटीहोम गोलचक्करमा पोखरा
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
पोखरा वडा २७ को आफ्नै भवन
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१