सिडिएमए प्रविधि बन्द हुँदै

भोजराज भट्टराई
भाद्र ९, २०७७
CDMA

पाल्पा  । नेपाल टेलिकमले अब सिडिएमए सेवा पूर्ण रुपमा बन्द गर्ने भएको छ । दुर्गमका प्रयोगकर्तालाई लक्षित गरी नेपाल टेलिकमले १४ वर्षअघि सन् २००६ मा सुरु गरेको सिडिएमए सेवा दूरसञ्चारको पुरानो किसिमको प्रविधि भएको र विश्वबजारमा नै उपकरण उपलब्ध हुन छाडेको भन्दै टेलिकमले सिडिएमए सेवा बन्द गर्न लागेको नेपाल टेलिकम पाल्पा शाखाका प्रमुख ढाकाराम पौड्यालले बताए । उनका अनुसार सिडिएमए सेवाले प्रयोगकर्ता आकर्षित गर्न नसकेको ठहर छ ।

‘सेवाको सुरुवाती चरणमा सिडिएमएको कभरेज बढी हुने भएकोले दुर्गम गाउँहरूमा यो प्रविधि निकै उपयोगी र लोकप्रिय पनि थियो । तर पछिल्लो समयमा नयाँ र सहज प्रविधिको रूपमा जिएसएम मोवाइल सेवाको विस्तारसँगै प्रयोगकर्ताको रोजाइमा सिडिएमए सेवा कम पर्न गयो र फलस्वरुप सिडिएमएका प्रयोगकर्ता घट्दै गए,’ पौड्यालले भने, ‘यसले पछिल्लो समय सेवाग्राहीलाई समेत आकर्षित गर्न नसकेपछि केन्द्रको निर्णय अनुसार नै पाल्पामा पनि सेवा बन्द गर्ने प्रक्रिया अघि बढाइएको हो ।’

गत आवमै टेलिकमले सिडिएमएमा थप लगानी नगर्ने निर्णय सार्वजनिक गरेको पौड्यालको भनाइ छ । यसअघि रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले पनि नेपाल टेलिकमले दिदै आएको सिडिएमए सेवा सन् २०२२ बाट बन्द गर्ने निर्णय गरेको थियो ।

कम्पनीले चालु आवको वार्षिक कार्यक्रममै सिडिएमएका विद्यमान प्रयोगकर्तालाई जिएसएमका टुजी, थ्रिजी र फोरजी प्रयोगकर्ताका रूपमा माइग्रेट गर्ने योजना बनाइसकेको छ ।

नेपाल टेलिकम पाल्पा शाखाको तथ्याङ्क अनुसार नेपाल टेलिकमले २०६३ देखि २०७७ असार मसान्तसम्म पाल्पामा सिडिएमए सेवा वितरण गरेको थियो । हाल टेलिकम पाल्पामा पोष्टपेड सेवा प्रयोगकर्ता ४०१ र प्रिपेड सेवा प्रयोगकर्ता २०८१२ रहेका छन् ।

शाखा प्रमुख पौड्यालका अनुसार जीएसएम प्रविधिमा फोरजी, फाइभजी लगायत नयाँ संस्करणको प्रविधि विकास भइरहँदा सिडिएमएमा भने पुरानो प्रविधिमात्र उपयोग गर्नुपर्ने बाध्यताका कारण सिडिएममा टेलिकमको लगानी प्रभावकारी हुन नसकेको हो । साथै सिडिएमए प्रयोगकर्ताका लागि स्मार्टफोनको उपयुक्त विकल्प नहुँदा समेत प्रयोगकर्ताको रोजाइमा पनि जिएसएम सुविधा नै पर्दै आएको थियो । जिएसएम प्रविधिबाट टुजी, थ्रिजी र फोरजी लगायतको सेवा सञ्चालन गर्न सकिने उनले बताए ।

हाल पाल्पामा जिएसएम प्रविधिबाट इन्टरनेट प्रयोगकर्ताहरू समेत बढेका छन् । पाल्पा टेलिकमबाट जिल्लामा धेरैजसो प्रयोगकर्ताले इन्टरनेट सेवा प्रयोग गर्ने गरेका छन् ।

टेलिकम पाल्पाले जिएसएम (टुजी, थ्रिजी र फोरजी) एफटिटीएच (भ्वाइस, डाटा र निकट भविष्यमा आइपिटिभी), पिएसटिएन, एडीएसएल, वाइम्याक्स, लिज लाइन लगायतको सेवा सञ्चालनमा ल्याएको छ । यसै वर्ष एसइई दिएका विद्यार्थीहरूलाई विभिन्न अफरहरूसहित निःशुल्क जिएसएम सिम कार्ड वितरण गरिने भएको छ ।

Related News

सम्बन्धित समाचार

  • विद्युतीय सवारीसाधनमा आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    गण्डकी । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि…
  • पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन   

    आदर्श समाज सम्वाददाता फागुन ११, २०८०
    गण्डकी ।  वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित दुईदिने ‘विज्ञान,…
  • साइबर अपराधविरुद्ध सचेतना

    आदर्श समाज सम्वाददाता माघ ८, २०८०
    पोखरा । नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा सचेतना कार्यक्रम गरिएको छ ।…
  • टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन   

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    काठमाडौ‌ं ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ…
  • साइबर सुरक्षासम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८०
    पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित एवं युरोपियन इजुकेशन एण्ड कल्चर एक्ज्यूकिटिभ एजेन्सीको आर्थिक सहयोगमा पोखरामा साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय…

hero news full width