फोटो प्रतियोगितामा राधिकालाई सफलता

आदर्श समाज सम्वाददाता
भाद्र ५, २०७७
radhika

पोखरा । फोटो पत्रकार राधिका कँडेललाई फोटो प्रतियोगितामा सफलता मिलेको छ ।

फोटो पसलले १८१ औँ विश्व फोटोग्राफी दिवस अवसर पारेर आयोजना गरेको फोटो प्रतियोगितामा कँडेललाई तेस्रो स्थान प्राप्त भएको हो ।

कोभिड–१९ असर र डरत्रासबीचमा बितेको दैनिकी तथा कोरोनाबाट बच्न अपनाउन सकिने उपाय एवं असरबारे देशभरिबाट संकलित झण्डै २ हजार फोटोबाट राष्ट्रिय समाचार समिति (रासस) पोखरामा कार्यरत कँडेल तेस्रो हुन सफल भएकी हुन् । तनहुँ स्थायी घर भएकी उनी कोभिड–१९ सन्त्रासबीचमा पनि फोटो पत्रकारितामा क्रियाशील छन् ।

सो प्रतियोगितामा कैलालीका फोटो पत्रकार झग्गुप्रसाद चौधरीले ‘कोभिड–१९ फोटो प्रतियोगिता’ मा प्रथम र फोटो पत्रकार रविन कार्की दोस्रो भए ।

कोरोना महामारी संक्रमणलाई ध्यान दिँदै भर्चुअल कार्यक्रममार्फत विजेता घोषणा गरिएको फोटो पसल प्रालिका अध्यक्ष योगेन्द्रजङ्ग बस्नेतले बताए ।

फोटो छनोटका लागि वरिष्ठ फोटो पत्रकार विकास रौनियार, नरेश श्रेष्ठ र मधुसुदन पौडेल रहेको तीन सदस्यीय समिति गठन गरिएको थियो ।

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितीयलाई १० हजार तथा तृतीयलाई ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width