‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ घोषणा

रासस
भाद्र ५, २०७७
madhav ghimire

काठमाडौँ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले स्वर्गीय माधवप्रसाद घिमिरेको स्मृतिमा ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ ।

अनेसास वोर्ड अफ ट्रस्टीका अध्यक्ष गीता खत्रीको अध्यक्षतामा अगस्ट १९ मा अमेरिकामा बसेको बैठकले नेपाली साहित्यका काव्यविधामा प्रकाशित पुस्तकहरुमध्ये उत्कृष्ट पुस्तकका लागि पुरस्कार प्रदान गर्ने गरी सो पुरस्कारको स्थापना तथा घोषणा गरेको हो ।

हरेक दुई वर्षमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा प्रदान गरिने उक्त पुरस्कारको राशी दुई हजार अमेरिकन डलर रहेको अनेसास वोर्ड अफ ट्रस्टीका कोषाध्यक्ष राम लामा ‘अविनाशी’ले जानकारी दिए ।

उक्त पुरस्कारका सम्बन्धमा विस्तृत कार्यविधि तथा निर्देशिका तयार गर्न कार्यसमितिले पुरस्कार समितिलाई जिम्मेवारी समेत दिइसकेको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार पहिलोपटक सन् २०२१ मा देवकोटा जयन्तीका अवसरमा प्रदान गरिने अनेसासले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width