पोखरा विश्वविद्यालयमा अनशन स्थगित

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०७७
PU

पोखरा । नेपाल विद्यार्थी संघले पोखरा विश्वविद्यालयका उपकुलपति र रजिष्टारको नियुक्तिको माग गर्दै गरेको रिले अनशन २६औँ दिनमा स्थगित गरेको छ ।

विश्वविद्यालय पदाधिकारीविहीन हुँदा यहाँका हरेक शैक्षिक गतिविधिमा असर परेको र त्यसले हजारौँ विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै नेपाल विद्यार्थी संघले अनशन थालेको थियो ।

जायज मागसहित विद्यार्थीले अनशन गरे पनि सरकारले लामो समयसम्म बेवास्ता गरेको नेपाल विद्यार्थी संघका महामन्त्री दीपक भट्टराईले बताए ।

कोरोनाले असर पारिरहेको अवस्था दृष्टिगत गरी अनशन स्थगित गरिएको र पछि फरक ढंगले आन्दोलनका कार्यक्रम हुने बताइयो ।

Related News

सम्बन्धित समाचार

hero news full width