दमौली । पछिल्लो समय नेपालमा मिर्गौला रोगीको संख्या बढ्दै गइरहेको छ । रोगीको संख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थामा उपचार खर्च महँगो हुँदा मिर्गौलापीडितहरु दाताको भर पर्नुपर्ने अवस्था छ ।
आर्थिक अवस्था कमजोर भएका पीडितले उपचार गर्न पाएका छैनन् । विभिन्न जिल्लामा सरकारले मिर्गौलापीडितहरुको लागि निःशुल्क डायलासिस व्यवस्था गरेको छ । यसैबीच तनहुँको दमौली अस्पतालमा किड्नीका समस्या भएका सर्वसाधारणका लागि निःशुल्क डायलासिसको व्यवस्था गरेको छ । तर अस्पतालमा पर्याप्त मसिन र आवश्यक ठाउँ नहुँदा सबै पीडितले डायलासिस गर्नुपर्ने बिरामीले सकिरहेका छैनन् । दमौली अस्पतालमा अहिले सातामा ७२ जना बिरामीले निःशुल्क डायलासिस सेवा लिइरहेका छन् । जिल्लामा क्षमताभन्दा बढी मिर्गौलापीडित भएकाले सबै बिरामीले निःशुल्क सेवा पाउन सकेका छैनन् । जसकारण उनीहरु निजी अस्पतालमा ४ हजारभन्दा बढी रूपैयाँसम्म खर्च गरेर उपचार गराउन बाध्य छन् ।
शुक्लागण्डकी ११ का हेमराज तिवारीको दुवै मिर्गाैला फेल भएको २ वर्ष भयो । उनले दमौली अस्पतालमा रहेको डायलासिस गर्न ठाउँ नपाएपछि महँगो रकम तिरेर पोखरामा हप्तैपिच्छे उपचार गर्ने गरेको बताए । उनले भने,“दमौली अस्पतालमा पुगेको थिएँ । ठाउँ रहेनछ अनि पोखरामा गर्छु ।”
उनले थपे, “महँगो रकम तिरेर उपचार गर्नुपर्ने बाध्यता छ । अहिले घरको आयस्रोत पनि छैन, त्यही हो सहयोगीहरुको भरमा उपचार गरिहेको छु ।”
उनीमात्र होइन, लमजुङकी अस्मिता सुवेदीको गुनासो पनि उस्तै छ । भनिन्,“कहिले पोखरामा गएर उपचार गर्छु, कहिले चितवन ।”
तनहँुमा रहेका मिर्गौलापीडितहरु पनि सहयोगीको भरमा औषधी किन्ने गरेका छन् । व्यास ४ का रामलाल श्रेष्ठले दमौली अस्पतालबाट निःशुल्क डायलासिस गरिरहेका छन् भने दाताको भरमा औषधी किन्ने गरेका छन् ।
त्यस्तै व्यास ११ बेल्टारीका ४२ वर्षीय हरिबहादुर आलेको अवस्था पनि त्यस्तै छ । उनको करिब ४ वर्ष भो मिर्गौला फेल भएको तर दाताकै भरमा आवश्यक पर्ने औषधी किन्ने गरेको सुनाए ।
व्यास १४, कुलुङकन २६ वर्षीय सन्तोष रानाको १ वर्षदेखि दुवै मिर्गौला फेल भएपछि दाताको भरमा उपचार गरिरहेका छन् ।
मिर्गौला खराब भए बिरामीसँग २ विकल्प हुन्छन् । त्यो हो, प्रत्यारोपण वा कृत्रिम रूपमा रगत शुद्धिकरण । प्रत्यारोपणका लागि दाता लगायत विभिन्न अनुकूलता मिल्नुपर्ने र महँगो समेत पर्ने भएकाले अधिकांशले कृत्रिम रूपमा रगत शुद्धिकरण अर्थात् डायलासिस नै रोज्ने गरेका छन् । तर जिल्लामा रहेका अस्पतालमा नयाँ बिरामीको डायलासिसका लागि पर्याप्त उपकरण तथा जनशक्ति नहँुदा बिरामीले पीडा भोग्नु परिरहेको हो ।
दमौली अस्पतालमा अहिले ९ मसिनमात्र छन् । एउटालाई स्ट्याण्न्डबाई राखेर ८ मसिनले बिरामीलाई सेवा प्रदान गर्दै आएको अस्पताल प्रशासनको भनाइ छ । एक बिरामीले हप्तामा दुईदेखि तीन पटकसम्म डायलासिस गर्नुपर्छ ।
बिरामीको अवस्था हेरेर दैनिकसमेत डायलासिस गर्नुपर्ने अवस्था रहन्छ । नौ ओटामात्रै मेसिनले सबै बिरामीलाई सेवा पुर्याउन गाह्रो परेको उक्त प्रशासनको इञ्चार्ज प्रेमसिं गुरुङले बताए । अस्पतालले हाल ३ सिफ्टमा सातामा ५० भन्दा बढी बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । चिकित्सकका अनुसार, नेपालमा वर्षेनी मिर्गौलाका ३ हजार नयाँ बिरामीहरु थपिने गरेका छन् । तर पर्याप्त उपकरण र जनशक्ति नहुँदा बिरामीको माग धान्न अस्पतालहरुलाई धौ–धौ भइरहेको छ । मिर्गौलाका बिरामीले हप्ताको १ देखि ४ पटकसम्म डायलाइसिस गराउनुपर्ने हुन्छ । चिकित्सकले हप्ताको २ देखि ३ पटकसम्म डायलाइसिस गर्न सुझाव दिन्छन् । तैपनि पर्याप्त मसिन अभावसँगै निजीमा चर्को मूल्य तिर्नुपर्ने बाध्यता कहिले हट्ला ?
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
नमस्ते हस्पिटल १३ औं वर्षमा
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१