लेखनाथ । पाँचौ बादल स्मृति दिवसमा पोखरा ३०, गगनगौँडा बजारमा रहेको राधाकृष्ण मन्दिरको परिसरमा वृक्षरोपण गरिएको छ ।
नेपाली काँग्रेस कास्की जिल्ला सभापति कृष्ण केसीले रुद्राक्षको बिरुवा रोपेर कार्यक्रम शुभारम्भ गरे ।
सोक्रममा काँग्रेस कास्कीका पूर्व सभापति तथा पूर्व कानून मन्त्री यज्ञबहादुर थापा, जिल्ला सचिव सुदीपमोहन भट्टराई, काँग्रेस महासमिति सदस्य गिरिराज गौतम, अग्रज व्यक्तित्व तीर्थ जंगली, जिल्ला सदस्य रामबाबु भण्डारी, लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी, महिला सदस्य लक्ष्मी पौडेल, ट्रष्टका सचिव विश्वमोहन पौडेल, कोषाध्यक्ष पितृराज पण्डित लगायतले पनि वृक्षरोपणमा भाग लिए ।
कार्यक्रममा जिल्ला सभापति केसीले रामजीप्रसाद बादलको स्मृति चिरस्थायी बनाइराख्न रोपिएको बिरुवा सरकोकारवाला र आमनागरिकको सहभागितामा संरक्षण गर्नुपर्नेमा जोड दिए ।
रामजी बादल मेमोरियल ट्रष्टका अध्यक्ष चन्द्रावती पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मन्दिर परिसरमा रुद्राक्ष, वरपीपल, समी, कटहर, बेलपत्ता आँप, डुम्म्री लगाएतका बिरुवा रोपिएको हो । ट्रष्टले हरेक वर्ष विविध कार्यक्रम गरी रामजी बादल स्मृति दिवस मनाउँदै आएकोे छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
नवलपुरमा २५ सय हेक्टर वन सखाप
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१