कार्बुरेटर चुस्दा बालकको मृत्यु

आदर्श समाज सम्वाददाता
श्रावण २९, २०७७

पोखरा  । मुस्ताङमा एक बालकले कार्बुरेटर चुस्दा ज्यान गुमाएका छन् ।

धनुषा वतेश्वर गाउँपालिका वडा १ घर भइ हाल मुस्ताङ घरपझोङ गाउँपालिका ३, जोमसोमस्थित त्रिशूला मोटरसाइकल वर्कसप संचालन गर्दै आएका किरण थापाको १७ महिनाको छोरा कृष्णले कार्बुरेटर चुसेर बिरामी भएकोमा उपचार क्रममा ज्यान गुमाएका हुन् ।

उनको उपचारक्रममा जोमसोम अस्पतालमा बुधबार बिहान १० बजे मृत्यु भएको प्रहरीले जनायो ।

कार्बुरेटर विशेषगरी मोटरसाइकलमा प्रयोग हुने गर्दछ ।

त्यस्तै, बागलुङ ढोरपाटन ८ बिजौलीका वर्ष ५७ का गोरे सुनारले भुजी खोला तर्नेक्रममा बुधबार ज्यान गुमाएका छन् ।

घटनाको अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width