पोखरा । महालेखापरीक्षकको प्रतिवेदनले २०७५/०७६ मा पोखरा महानगरपालिकाको १३ करोड रुपैयाँ तलमाथि भएको रिपोर्ट निकालेको छ । राजश्व शाखाको तथ्यांक र बैंकमा जम्मा भएको रकमबीच १३ करोडको फरक छ । मुक्तिनाथ विकास बैंकबाट त्यस वर्ष १ अर्ब २६ करोड रुपैयाँ राष्ट्रिय बाणिज्य बैंकको सञ्चित खातामा जम्मा भएको छ । तर राजश्व शाखाको तथ्यांकले १ अर्ब ३९ करोड राजश्व उठेको देखाउँछ । त्यसो भए बाँकी १३ करोड खै त ? मलेपको प्रतिवेदन सहितको समाचार संचारमाध्यममा आएपछि पोखराका युवाहरुले तलमाथि भएको १३ करोडको हिसाब खोजेका छन् ।
‘जागौं पोखरा अभियान’ का सहभागीहरुले ‘१३ करोड खै मेयरसाव’ लेखिएको प्लेकार्ड लिएर महानगरमा प्रदर्शन गरे । मेयर मानहादुर जिसीले १३ करोड नभई १ करोड ७३ लाख रुपैयाँ मात्रै तलमाथि भएको दाबी गरेका छन् । तर उनले भनेजस्तो ११ करोड रुपैयाँ पनि राजश्व खातामा जम्मा नभएको राजश्व शाखाकै कर्मचारीहरु बताउँछन् । ‘२ वर्षअघिको लेखापरीक्षण गरिएको हो । चेक छ भनिएको रकम अहिलेसम्म खातामा जम्मा भएको छैन,’ ती कर्मचारीले भने, ‘राजश्व भद्रगोल छ । आम्दानीको विवरण चुस्त छैन ।’
महानगरले अनियमितताबारे स्पष्टिकरण दिएर दोषीमाथी कारबाही गर्नुपर्ने उनीहरुको माग छ । ‘महानगरको भ्रष्टाचार, अनियमितताप्रति प्रश्न सोध्ने अधिकार हामीलाई छ । यति ठूला अनियमितताका घटना सार्वजनिक हुँदा पनि किन चुप छ महानगर ?,’ सहभागी शिरीष गुरुङ भन्छिन्, ‘नागरिकले तिरेको करमाथि मनपरी गर्ने अधिकार कसैलाई छैन । एकएक हिसाब दिनुपर्छ ।’ महानगरभित्र भएका अनियमितताबारे छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन उनीहरुको दबाब छ । सहभागीहरुले कर्मचारीले अनियमितता गरेको प्रष्ट देखिए पनि राजनीतिक संरक्षण दिने गरिएको आरोप लगाए । अभियानको संयोजन गर्ने दीपक आचार्यले पनि जनताको करको हरहिसाब चुस्त राख्नु महानगरको दायित्व हुने बताए । ‘नभएको पैसा खोजेको छैन । राजश्वकै रकम दायाँबायाँ भएपछि त बोल्नुपर्छ,’ उनले भने, ‘हामीले १५ दिनको समय दिएर हिसाब मागेका छौं ।’
मेयर जिसीले लेखा विज्ञहरुद्वारा छानबिन अघि बढाइसकेको बताए । ‘१३ करोड नै तलमाथि परेको होइन । धेरै राजश्व जम्मा भैसकेको छ,’ उनले भने, ‘पौने २ करोडको हिसाब मिलेको छैन । त्यो पनि खोजी भैरहेको छ । केही दिनभित्रै सत्यतथ्य पत्ता लाग्नेछ ।’ उनले अनुसन्धानक्रममा कोही दोषी देखिए कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् । ‘राजश्व र लेखा शाखा पूर्ण जिम्मेवार हुनुपर्छ । यदि कसैले कमजोरी गरेको छ भने उम्किँदैन,’ उनी भन्छन्, ‘मेरो र अर्काको मान्छे भनेर कोही छुट्ने अवस्था छैन ।’ पोखरा महानगरको राजश्व शाखा विभिन्न समय विवादित बन्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
hero news full width
मुख्य समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१