काभ्रेपलाञ्चोक, २४ साउन । नेत्रविक्रम चन्द समूहका जिल्ला नेता प्रेम लामा भनिने ३३ वर्षीय प्रशान्तकुमार मोक्तानलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ । रोशी गाउँपालिका–५ शिसाखानी छाप निवासी मोक्तानलाई भक्तपुरको सूर्यविनायकस्थित लक्ष्मीमार्गबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाका अनुसार मोक्तानलाई मुलुकी अपराध, २०७४ को परिच्छेद–५ सार्वजनिक हीत, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसुरअन्तर्गत दफा ११८ अभद्र ब्यवहार गर्न नहुने कसुर शीर्षकमा मुद्धा दर्ता भई शुक्रबार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट सात दिनको म्याद थप गरिएको जानकारी दिए ।
यसअघि, गत जेठ १४ गते सो समूहका नेता लेखराज गजमेर धुलिखेलबाटै गिरफ्तार भएका थिए । त्यतिबेला गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनःगिरफ्तार गरी काठमाडौँ लगेका थिए । सङ्गठित अपराधअन्तर्गत विस्फोटक पदार्थ मुद्दामा केही महिनाअघि पक्राउ परेका गजमेर सर्वोच्च अदालतको आदेशमा थुनामुक्त गर्न आदेश दिएकै दिन जिल्ला प्रहरी कार्यालयको अघिल्तिरबाट पुनः गिरफ्तार भएका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
नवलपुरमा २५ सय हेक्टर वन सखाप
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१