कोरोनाबाट ७ लाख १८ हजारको मृत्यु

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७७
Coronavirus_world

जेनेभा | विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ७ लाख १८ हजार ७७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ ।

हालसम्म विश्वभरीमा १ करोड ९२ लाख ७९ हजार ७७ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये हालसम्म १ करोड २३ लाख ७५ हजार ३ सय ७३ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६१ लाख ८५ हजार ६ सय ८० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार २ सय ६३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५० लाख ३२ हजार ५ सय ४७ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६२ हजार ८ सय ५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

एसियामा ४७ लाख ८६ हजार ९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १ लाख ५ हजार ३ सय ४८ जनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width