सलह किरा नियन्त्रणका लागि स्याङ्जाका केही पालिकाले पुरस्कारको व्यवस्था गरेका छन् । यसै क्रममा आँधीखोला गाउँपालिकामा बिहीबार सलह छोप्ने ४ जना पुरस्कृत भएका छन् ।
सलह नियन्त्रणका लागि गाउँपालिकाले प्रोत्साहन स्वरूप प्रति केजी तीन सय दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आँधीखोला गाउँपालिकाका ४ जनाले ९ किलो तीन सय ग्राम सलह छोपेर गाउँपालिकालाई बुझाएका थिए ।
गाउँपालिका–२ पोखरचौर बस्ने सन्दीप सापकोटा, सविना सापकोटा, टेकबहादुर भुजेल र सफल राना ले उक्त परिणामको सलह छोपेर कृषि शाखामा बुझाएपछि गाउँपालिकाले उनीहरूलाई दुई हजार सात सय नब्बे रुपैयाँ प्रदान गरेको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताए । अध्यक्ष पौडेलले सलह कीरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्न बाली सखाप पारेर खाद्यान्न समस्या हुनसक्ने भएकोले किसानलाई जागरूक बनाउन उक्त अभियान शुरु गरेको जानकारी दिए ।
यस अघि पनि सलह छोपेर ल्याए बापत आँधीखोला गाउँपालिकाका ४ बालबालिकाले एक सय २० रुपैयाँ प्राप्त गरेको सूचना प्रविधि अधिकृत रोशन लामिछानेले जनाएका छन् ।
Related News
सम्बन्धित समाचार
व्यापार मेलामा अनेक सुविधा
गाईभैंसीपालक कृषकलाई तालिम
मौरीपालन तालिम
सुन्तलामा पोस्ट हार्भेस्ट व्यवस्थापन कसरी ?
‘किसानका समस्यामा अनुसन्धान गरौं’
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१