प्रधानपञ्च गुरुङ रहेनन्

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७७
late nandalal gurung

हेमजा । माछापुच्छ्रे गाउँपालिका–५, रिभानका तत्कालीन प्रधानपञ्च नन्दलाल गुरुङको निधन भएको छ ।

प्यारालाइसिस रोगबाट पीडित गुरुङको ९१ वर्षको उमेरमा शुक्रबार निधन भएको हो । स्व. गुरुङको सिम्पानीस्थित गाईघाटमा अन्तेष्टि गरियो ।

स्व. गुरुङ २३ वर्षसम्म प्रधानपञ्च भएका थिए । त्यस्तै उनले संरक्षण व्यवस्थापन समिति अध्यक्ष र सदस्य, निष्पक्ष माध्यमिक, बराह माध्यमिक, बाल आधारभूत र माछापुच्छे« आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्ष भएर पनि सेवा गरेको निष्पक्ष माविका भूतपूर्व प्रअ डण्डपाणि दाहालले जानकारी दिए ।

पछिल्लो समय पोखरा टुँडिखेल बस्दै आएका स्व. गुरुङका १ छोरा र ५ छोरी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width