पोखरा, १८ साउन । राष्ट्रिय परोपकार महासंघ नेपालका अध्यक्ष भागवत्भाष्कर कमलयनयन गौातमले हाम्रो पूर्वीय सभ्यता आफैमा महान भएको बताएका छन् ।
संस्थाको वडा इकाइ पोखरा–३१ ले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । कोरोना भाइरस (कोभिड–१९) ले हामीलाई कत्तिपनि विचलित नभइ आफ्नो संस्कारप्रति सचेत हुनुपर्नेमा सचेत गराएको उनले बताए ।
आहार–व्यवहारमा सचेत हुँदै आफ्नो संस्कृति सभ्यतालाई आत्मसाथ गर्दै मानव तथा सामाजिक सेवामा लागे जुनसुकै भयावह अवस्था पनि परास्त गर्न सकिने उनले भनाइ छ । उनले सेवाभावलाई अगाडि बढाउन सक्नु नै जीवनमा सबैभन्दा आनन्द प्राप्त गर्न सकिने बताए । रेडियो सराङ्कोट प्रमुख कार्यकारी निर्देशक समेत रहेका गौतमले पूर्वीय सभ्यतामा शक्ति र सामथ्र्य हुने र सोही अनुसार सेवाका कार्यमा लाग्न जोड दिए ।
कार्यक्रममा वडा ३१ का वडाध्यक्ष कमलबहादुर थापा, वडा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, वडा ३० का वडाध्यक्ष श्रीराम पोख्रेल, लेखनाथ उद्योग वाणिज्य महासंघका द्वितीय उपाध्यक्ष एवं वडा ३० विपत व्यवस्थापन समितिका संयोजक राजेन्द्र ओझा, बेगनासताल धार्मिक पर्यटन संस्थाका अध्यक्ष धु्रवनाथ अधिकारी, राष्ट्रिय परोपकार महासंघ नेपाल वडा ३१ महिला इकाइ संयोजक शान्ति खनाल लगायतले जुनसुकै विपत्मा पनि सबै एकजुट भएर अगाडि बढ्न सके साविक लेखनाथलाई नयाँ पोखरा बनाउन सकिने विचार व्यक्त गरे ।
कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । कार्यक्रममा वडाध्यक्षहरु पूर्णकुमार गुरुङ, श्रीराम पोख्रेल, उद्योगी राजेन्द्र ओझा, ज्ञानकुञ्ज विद्याश्रम एवम् आश्रय समूहका अध्यक्ष विदुर त्रिपाठी, राइजिङ स्टार युथ क्लबका अध्यक्ष विष्णुप्रसाद गुरुङ, नमस्ते पार्टी प्यालेसका सञ्चालक सूर्यमणि लामिछाने, बेगनासताल सक्रिय युवा समूहका संयोजक नीराजन बराल, बेगनास युवा क्लबका अध्यक्ष रामबहादुर रानाभाट, होटल तथा रेष्टुरेन्ट एशोसिएसनका नि. अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनालाई कोरोना महामारीबीचमा पनि सेवामा समर्पित भएको भन्दै सम्मान गरिएको थियो । उनीहरुलाई प्रमाणपत्रसहित खादा, दोसल्लाले सम्मान गरियो ।
संस्थाका इकाइ अध्यक्ष कृष्णप्रसाद ढुंगानाले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा जलेश्वर शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद तिवारीले धन्यवाद ज्ञापन र शाकाहारी समाज पोखराका अध्यक्ष एवं पोखरा महानगरपालिकाका कानूनी अधिकृत राममणि अधिकारीले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
पुराना रुख काट्नेलाई कारबाहीको माग
कास्की पोखरा समाज जापानमा कमल
कर्मयोगी भक्तराज सम्मानित
hero news full width
मुख्य समाचार
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१