छोम्रोङमा टेनिस कोट बन्दै

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०७७
chhomrong tanish cote photo

हेमजा, १८ साउन । अन्नपूर्ण ११ स्थित छोम्रोङमा टेनिस कोट निर्माण जारी छ ।

युवा तथा खेलकुद मन्त्रालयको १५ लाख अनुदान सहयोग तथा जनसहभागिताबाट कोट निर्माण सुरु गरिएको हो ।

स्थानीय सेञ्चुरी युवा क्लबको सक्रियतामा निर्माण जारी उक्त कोट साउन मसान्तसम्ममा सकिने क्लब अध्यक्ष मिकास गुरुङले जानकारी दिए ।

निर्माणका लागि गुञ्जमान गुरुङ र श्रीमान् गुरुङले जग्गा दान गरेका छन् ।त्यस्तै क्लबले निर्माण गर्दै जाँदा रकम अभाव भए सहयोग संकलन गर्ने पनि जनाएको छ ।

क्लबले वार्षिक रुपमा रक्तदान, गाँजा फडानी, वातावरणसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम, पर्यटक उद्घार लगायत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) सँग मिली चोरी सिकारी नियन्त्रण गर्दै आएको छ ।

अब छोम्रोङको विकासका लागि गुरुङ संग्रहालय तथा तातोपानीको पोखरी निर्माण एवम् उत्तरतर्फको पहाडमा रक क्याइमिङको व्यवस्था गर्नुपर्ने पनि क्लबले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width