नेपालमा एकैदिन २७४ मा कोरोना संक्रमण

एजेन्सी
श्रावण १५, २०७७
corona_1

काठमाडौं, १५ साउन । नेपालमा बिहीबार थप २७४ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २७४ जनामा संक्रमण भएको हो । बिहीबार डिस्चार्ज हुनेको संख्या २२७ रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ रहेको छ ।हाल सक्रिय संक्रमितको संख्या ५ हजार २२७ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा १३ हजार २०१ जना रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै