काठमाडौं, १४ साउन । मनसुनी गतिविधि अझै केही दिन कायम रहने भएको छ । गत सोमबार रातिबाट सक्रिय रहेको मनसुन आगामी शुक्रबारसम्म कायम रहने मौसमविद् मञ्जु बासीले बताइन् । ‘मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेका हुनाले पुनःमनसुन सक्रिय भएको हो,’ मौसमविद् बादीले भने ।
सोमबारदेखि नेपालमा मनसुन सक्रिय भई देशाका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षा भइरहेको छ । मनसुन सक्रिय भएसँगै ती स्थानमा नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै गण्डकी, प्रदेश ५, सुदूरपश्चिम प्रदेश, प्रदेश १, २ र वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडाँै उपत्यकामा ८.७ मिलिमिटर वर्षा भएको छ । त्यस्तै सबैभन्दा धेरै धनकुटामा १२६ दशमलव पाँच मिलिमिटर वर्षा भएको छ । रासस
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१