पोखरा फाइनान्सको शाखा सुनवलमा

आदर्श समाज संवाददाता
श्रावण ११, २०७७
pokhara finance

पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले नवलपरासी पश्चिम सुनवल–१ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

राष्ट्रियस्तरको वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहकसेवा विस्तार गर्ने क्रमशः फाइनान्सले २१ औं शाखाका रुपमा सुनवल शाखा बिस्तार गरेको हो।
फाइनान्सले निरन्तर शाखा विस्तार गदै जाने प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए।

चुक्ता पूँजी ९१.७२ करोड रहेको वित्तीय संस्थाको हालसम्म निक्षेप ७ अर्व ५८ करोड तथा कर्जा लगानी रु. ६ अर्व ३३ करोड रहेको छ।
फाइनान्सले आफ्ना शाखामार्फत् निक्षेप संकलन, कर्जा लगानी, मोवाइल बैंकिङ, सिआस्वा, आइपिएस, चेक क्लिअरिङ, रेमिटेन्सलगायतका आधुनिक बैंकिङ सेवा दिँदै आएको छ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति…
  • पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य

    आदर्श समाज सम्वाददाता माघ १८, २०८१
    पोखरा । भारतको राजस्थान राज्यको उदयपुर संभाग क्षेत्रका महिलाहरु परम्परागत रुपले टाउकोमा ८/९ वटा पानीको घडा (माटोको गाग्री) राखेर नाच्छन्…
  • पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति

    आदर्श समाज सम्वाददाता माघ १६, २०८१
    पोखरा । गण्डकी प्रदेश सरकारको गौरवको आयोजना हो–प्रदेश औद्योगिक क्षेत्र निर्माण । २०७४ सालमा सरकार गठन भएकै समयमा नवलपुरको लोकाहाखोला…
  • नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नदीपुरस्थित नेपाल भारतमैत्री पुस्तकालय सहजरुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री…
  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…

hero news full width