पहिरो पीडितलाई राहत प्रदान

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७७
baglung

बागलुङ । बागलुङ नगरपालिका ५, मालिकामा केही दिनअघि गएको पहिरोले घरवारविहीन हुन पुगेका परिवारलाई राहत प्रदान गरिएको छ ।

मालिका सेवा समाज बागलुङले पहिरोले घरबास गुमाइ विस्तापित हेमराज उपाध्या, भागिरथ उपाध्याय र टकमाया किसानलाई नगद २५ र २५ हजार सहयोग हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा पूर्व उर्जा राज्यमन्त्री रामजीप्रसाद शर्मा, बागलुङ ५ का वडा अध्यक्ष शिवप्रसाद सापकोटा,बागलुङ नगरपालिका कार्यपालिका सदस्य कालिका सापकोटा लगायतका वक्ताहरूले अहिले विपत्तिको घडीमा समाजले थोरै भएपनि चह¥याइरहेको घाउमा मलम लगाउने काम गर्नुलाई सकारात्मक लिनुपर्ने बताए ।

अहिले गाउँ–गाउँमा बाढीपहिरो लगायत विपत्ति पर्दा समेत नगरपालिकाले तत्काल राहत प्रदान गर्न नसकेको कारणले वडा ५ आफैले विपत् कोष स्थापना गर्न लागेको वक्ताहरूले राखेका थिए ।

विपत्मा परेका ९ परिवारलाई रेडक्रसबाट आएको ९ वटा पाल वडा कार्यालय मार्फत तत्काल प्रदान गरेरको जानकारी समेत कार्यक्रम गराइएको थियो ।

समाजका अध्यक्ष दुर्गाबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जीवननाथ शर्माको स्वागत र सचिव तेजेबहादुर कुँवरले संचालन गरेका थिए ।

साउन ७ मा गएको अबिरल वर्षाले मालिकाका दर्जनौं घर जोखिममा पर्नुका साथै भैंसी गाई गोठ भत्किनुका साथै धानबाली समेत पहिरो गएर लाखौंको नोक्सानी भएको वडा अध्यक्ष शिव सापकोटाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width