लेखनाथ । समग्र गण्डकी प्रदेशकै व्यापार तथा व्यवसाय प्रवद्र्धनका लागि लेखनाथ उद्योग बाणिज्य संघ र पोखरा विश्वविद्यालयबीच सहकार्य हुने भएको छ।
सो सहकार्यलाई मूर्तरुप दिन केही समयअघि गठित व्यवसाय प्रवद्र्धन तथा अनुसन्धान समितिको विहीवार बसेको बैठकले व्यावसायिक उत्पादन र स्वदेशमा नै दक्ष जनशक्ति उत्पादनका विषयमा नीतिगत तवरले नै अगाडि बढ्ने सहमति भएको हो।
विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरु बाहिरी मुलुकमा जान हतारो गर्छन् भने अर्कोतर्फ स्वदेशमा नै दक्ष जनशक्ति नपाउँदा स्वदेशी लगानीकर्ताको मनोवल कमजोर भएकाले स्वदेशी उत्पादनको प्रवद्र्धनमा सहकार्य आवश्यक रहेको विचार सो कार्यक्रममा औल्याइयो ।
सो सम्झौतापछि उद्योग बाणिज्य संघले लगानीका सम्भावनाको खोजी गर्ने विश्वविद्यालयले आवश्यकता अनुसारको पाठ्यक्रम तयार पारी रोजगारका लागि विदेशमा जान नपर्ने नीतिगत योजना आवश्यक रहेको समितिको ठहर छ।
संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा विश्वविद्यालयतर्फबाट डा रवीन्द्र घिमिरे, डा.सृजन ज्ञवाली, रवीन्द्रप्रसाद बराल, लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी, निवर्तमान अध्यक्ष कृष्णहरि भण्डारी, संघका प्रथम उपाध्यक्ष विनोद श्रेष्ठ, महासचिव गोपिचन्द्र बास्तोला र द्वितीय उपाध्यक्ष राजेन्द्र ओझा लगायतले आवश्यकता अनुसार दक्ष जनशक्ति तयार पार्ने योजना ल्याउनु पर्ने सुझाव दिए।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१