म्याग्दी, ८ साउन । बाढीपहिरोले ट्रान्सफर्मर, मुख्य र वितरण लाइनको पोल तथा तार बगाउँदा म्याग्दीको पश्चिमी क्षेत्रमा दश दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । मङ्गला गाउँपालिकाको अर्मनसहित मालिका र धौलागिरि गाउँपालिकामा वितरीत केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको हो । विद्युत् सुविधाको अभावमा सर्वसाधारणको दैनिकीदेखि गाउँपालिका, वडालगायत सरकारी, बैंक, सहकारी संस्थाको सेवा प्रवाह प्रभावित भएको छ ।
राइसमिल, फर्निचर, नेपाली कागज, अल्लो, सिलाइकटाइलगायत विद्युत् आवश्यक पर्ने धेरै प्रकृतिका उद्योग व्यवसाय ठप्प भएको दरवाङका मोतिराज गौतमले बताए । विद्युत् अभावमा नेपाल टेलिकम र एनसेलको मोबाइल फोन सेवासमेत प्रभावित भएको छ ।
दिउँसो घाम लागेको समयमा मात्र मोबाइल फोन सेवा सञ्चालन हुँदा पहिरोबाट अति प्रभावित धौलागिरि र मालिका गाउँपालिकामा विपद् व्यवस्थापनमा कठिनाइ भएको छ । नेपाल विद्युत् प्राधिकरणको बेनीस्थित वितरण केन्द्रका अनुसार गत असार २५ गतेको पहिरो र बाढीका कारण मुख्य र वितरण लाइनको संरचनामा क्षति पुगेकाले विद्युत् आपूर्ति बन्द भएको हो ।
मङ्गला गाउँपालिका-५ कुरसिम्लामा १०० केभी क्षमताको ट्रान्सफर्मर, दुई वटा मुख्य र तीन वटा शाखा लाइनको पोलसहित तार पहिरोले बगाएको छ । फापरखेतको पहिरोले बेनी-दरवाङ सडक अवरुद्ध भएका कारण ट्रान्सफर्मर, पोल र तार ढुवानीमा कठिनाइ हँुदा लाइन मर्मतमा ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख माधव महतले जानकारी दिए ।
उनका अनुसार कुरसिम्लाको ट्रान्सफर्मर भएर विद्युत् प्रवाह हुने त्यस अगाडिका थप पाँच वटा ट्रान्सफर्मरअन्तर्गत वितरित विद्युत् अवरुद्ध भएको छ । मालिका गाउँपालिकाको बिममा दुई वटासहित नौ वटा पोल पहिरोले बगाएको छ । देवीस्थान, धौलागिरि गाउँपालिकाको ताकम र मराङमा पहिरोले विद्युत् लाइनमा पु¥याएको क्षतिको विवरण अझै आएको छैन ।
बेगखोलाको बाढीले मुख्य लाइनको दुई वटा पोल बगाएपछि अवरुद्ध भएको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा केन्द्रीय लाइनको विद्युत् सेवा बुधबार साँझदेखि पुनःसञ्चालन भएको छ । सबै ठाउँमा अवरुद्ध विद्युत् आपूर्ति पुनःसञ्चालन गराउने प्राधिकरणका कर्मचारीलाई परिचालन गरिएको छ ।
नियमित विद्युत् आपूर्ति नहुने र मर्मतमा ढिलाइ हुँदा सेवा प्रवाहका साथै उत्तरी म्याग्दीको उद्योग र होटल व्यवसायमा असर पुगेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए । रासस
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
दलित पत्रकार संघ गण्डकीमा पूर्ण
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१