सराङ्कोट पहिरोपीडितलाई सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७७
pahiro

पोखरा । पोखरा-१८, गोठादीका पहिरोपीडित परिवारलाई राहत रकम गरिएको छ । गत असार २५ मा अविरल वर्षाका कारण स्थानीय टंकबहादुर थापाको घर पहिरोमा पर्दा उनीसहित ५ जनाको मृत्यु भएको थियो ।

सराङ्कोटका शिवबहादुर बानियाँको पहलमा अमेरिकामा रहेका नेपालीहरुबाट संकलित रकम मृतक सदस्यका आश्रित परिवारको लागि अक्षयकोष स्थापना तथा घाइतेको लागि नगद सहयोग गरिएको स्थानीयसमेत रहेका पत्रकार कृष्ण थापाले जानकारी दिए ।

संकलित कुल ४ लाख १५ हजारमध्ये टंकबहादुरसहित उनकी श्रीमती सोममाया, सुदान थापाका आश्रित परिवारका लागि ३ लाख १५ हजारको अक्षकोष स्थापना गरिएको छ । सोही पहिरोमा ज्यान गुमाएका इसिका राई, शीतल श्रेष्ठका परिवार र घाइते २ जना समेतलाई १ लाख रुपैयाँ वितरण गरियो ।

सो रकम पूर्व महिला बालबालिका तथा समाजकल्याण मन्त्री समेत रहेका प्रदेश सांसद कुमार खड्काले शिवबहादुर बानियाँका ठूलाबुवा चीनबहादुर बानियाँमार्फत वितरण गरेका हुन् ।

सो घटनाको १३ औं दिनको पुण्यतिथिमा नेपाली काँग्रेस पोखरा–१८ इकाइको आयोजनामा स्मृति सभा सहित रकम हस्तान्तरण गरिएको थियो ।

स्मृतिमा सभामा सांसद कुमार खड्काले विपत्तिमा पर्नेहरुको सहयोग गर्नु मानवीय कार्य भएको र घरपरिवारविहीन भएकाहरुको उचित संरक्षण गर्न प्रदेश सरकारसमक्ष सक्दो पहल गर्ने बताए ।

कार्यक्रममा प्रदेश सांसद विन्दुकुमार थापाले पीडित परिवारको व्यवस्थापनका लागि जिल्ला प्रशासन, प्रदेश सरकार, महानगरपालिकाबाट केही सहयोग प्राप्त भएपनि दीर्घकालीन सहयोगका लागि सबैको सकारात्मक भूमिका आवश्यक भएको बताए ।

पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापाले पीडित परिवारको व्यवस्थापन र सहयोगको लागि वडामार्फत आवश्यक पहल भइरहेको जानकारी दिए ।

काँग्रेस वडा इकाइ सभापति शिवप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सभासद् शारदा पौडेल, काँग्रेसनेतृ सरस्वती गुरुङ, काँग्रेस क्षेत्रीय सदस्य भरतबहादुर थापा, चीनबहादुर बानियाँ, विपद् व्यवस्थापन अर्थ समिति संयोजक सञ्जीवबहादुर थापामगर, सचिव डिल्लीराम तिमिल्सिना लगायतले पीडितको सहयोग र व्यवस्थापनमा सबै एकजुट हुनुपर्ने बताए ।

पीडितलाई थप सहयोगका लागि स्थानीयस्तर तथा बाह्य रुपमा खुला आह्वान गर्दै राहत कोष मार्फत पुनःस्र्थापना गरिने योजना रहेको स्थानीय समेत रहेका पत्रकार कृष्ण थापाले बताए ।

अविरल वर्षापछि मध्यरातमा घरै बगाउने गरी आएको पहिरोमा टंकबहादुरको परिवारका ३ सदस्य र छिमेकी २ सहित ५ जनाको ज्यान गएको थियो । पहिरोमा घाइते ४ जनाको उपचार भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…
  • पोखरा वडा २७ को आफ्नै भवन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    लेखनाथ । पोखरा महानगरपालिका वडा २७ को भवन उद्घाटन गरिएको छ । साविक लेखनाथ नगरपालिका कार्यालय परिसरको जग्गामा नवनिर्मित वडा…

hero news full width