विपद् पत्रकारिता सञ्जालको उद्घाटन

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०७७

पोखरा, ३ साउन । नेपालमा विपद पत्रकारितालाई सुदृढ गर्न संचारगृहहरूका क्षमतावृद्धि तथा अन्तर समाचार कक्षबीच सम्बन्ध बढाउन विपद पत्रकारिता सञ्जाल गठन गरिएको छ ।

स्थानीय समुदायले विपदमा गर्नुपर्ने तयारीका लागि खोजमूलक लेख, शूक्ष्म तथा समाधानमुखी समाचार संकलनमा गरी समाज तथा राष्ट्रमा योगदान पुर्याउने प्रमुख उद्देश्य राखेर यो सञ्जाल निर्माणा गरिएको हो । वर्नमाउथ युनिभर्सिटी, बेलायतको सहयोग तथा क्रियाशील पत्रकार महिलाको सहकार्यमा स्थापना भएको संजालको वेभसाईट लन्च गर्दै आज (जुलाई १४, २०२०) विधिवत् अनलाइन उद्घाटन भएको हो । कार्यक्रममा वर्नमाउथ युनिभर्सिटी, विपद पत्रकारिता परियोजनाका मुख्य अनुसन्धानकर्ता डा. चिन्दु श्रीधरणले सहभागी सम्पूर्णलाई धन्यवाद दिंदै वेभसाईट खोलेर सञ्जालको उद्घाटन गरे ।

उनले आफूले नेपालमा २०७२ सालमा गएको भूकम्पपछि गरेको अनुसन्धान (डिजास्टर जर्नालिजमः व्युल्डिङ मिडिया रेसिलेन्स इन नेपाल) ले दिएको सुझाबले सम्पादकीय रणनीति तथा विपदमा जोखिम न्युनीकरणका लागि काम गर्नुपर्ने थुप्रै विषय देखाएकोले सोही अनुसार काम गर्नुपर्ने आवश्यकता बमोजिम नेटवर्कका लागि सहयोग गरेको बताए । मिडियालाई गर्नुपर्ने सहयोग, जोखिम मुक्त हुन गर्नुपर्ने उपायहरुका लागि सञ्जालमा बसेर काम गर्न सजिलो हुने उनले जोड दिए । डा. चिन्दुका अनुसार युनिभर्सिटीले विपद पत्रकारितामा शिक्षण तथा चेतना फैलाउनका लागि नेपालका विभिन्न संघसंस्थासँग सहकार्य गर्दै आएको छ ।

कार्यक्रममा सोही युनिभर्सिटीका मिडिया तथा सञ्चार विभागका कार्यकारी डिन आइनार थोर्सेनले पनि व्यक्तिगत सुरक्षा र व्यावसायिक सञ्चालनका लागि आपतकालिन योजना, विभिन्न विपद परिदृश्यका लागि सम्बिन्धत सम्पर्क कायम राख्ने, तयारी गर्ने, समाचार अनुसन्धानका लागि क्षमता अभिवृद्धिलगायतका विषयमा बोल्नु भएको थियो ।

कार्यक्रममा वर्नमाउथ युनिभर्सिटीका वरिष्ठ पत्रकार स्टेफेन जुक्सले पत्रकार सधैं जोखिममा रहने हुँदा तयारी पक्षमा विशेष ध्यान दिनु पर्ने बताए । रोयटर्समा दुई दशक बिताइसकेका जुक्सले व्यक्तिगत सुरक्षाका उपायहरुलाई पनि विशेष ध्यान दिनुपर्ने बताए । विल क्लिन्टन र मोनिका लेविन्स्की लगायत महत्वपूर्ण विषयवस्तुलाई प्रमुखतासाथ उठाएका जुक्सले मिडियाले जनसमुदायको आवाज बोल्ने हुँदा कतिपय मिडिया विश्वव्यापी रुपमा प्रख्यात भए पनि पत्रकारहरुले धम्कीपूर्ण व्यवहार ब्यहोर्न बाध्य भएको उल्लेख गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले विपदको अवस्थामा कस्तो किसिमबाट पत्रकारिता गर्ने भन्ने कुरा सिक्ने चरणमा नेपालका पत्रकारहरु रहेको उल्लेख गर्दै महासंघले पत्रकारहरुका लागि स्वास्थ्य सामग्री वितरण गर्दै आएको, पत्रकारहरुले रोजगार गुमाएका कारण जिविकोपार्जनमैं समस्या भएको बताए । साथै उनले महासंघले पत्रकारहरुका लागि राहत वितरण गर्न रू. १ करोडको पत्रकार राहत कोष स्थापना गरिएको जानकारी गराए । यस्तै कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका उमेश ढकालले रेडक्रस सोसाइटीले विपद अघि र पछि गर्नु पर्ने कामको खाका तयार गरेर काम गर्दै आएको उल्लेख गर्दै अहिलेको विपदमा हजारौं स्वयंसेवकहरु देशव्यापि रुपमा खटेर काम गर्दै आएको बताए । उनले आगामी दिनमा विपद पत्रकारिता सञ्जालसंग सहकार्य गर्दै अगाडि बढ्ने तत्परता जाहेर गर्नुभयो । यस्तै तत्परता नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले पनि देखाएका थिए ।

कार्यक्रममा सञ्जालका संयोजक अमिका राजथलाले विपदका क्षेत्रमा जनचेतना फैलाउने मात्र नभएर समुदायको सहभागितामा यस क्षेत्रमा भएका समस्या, कमी कमजोरी पत्ता लगाउने तथा समाधान, मेलमिलापको लागि समेत हाम्रो रिपोर्टले उल्लेखनीय सहयोग पुर्याउने तथा समाधानमुखी पत्रकारितालाई बढावा दिने उद्देश्य रहेको बताए । समाधानमुखी पत्रकारितामार्फत समुदायमा विपदको प्रभाव न्यूनिकरण तथा समुदायलाई पुनरुत्थानका लागि प्रोत्साहन गर्ने, स्थानीय सरकारको नीति निर्माणमा सहयोग गर्दै विपद जोखिम न्यूनीकरण, निराकरण तथा पुनरुत्थानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा भएका राम्रो अभ्यासको बारेमा रिपोर्टिङ गर्ने उद्देश्य राखेको सञ्जालले सदस्य संस्थाहरूका बीचका अन्तर समाचारकक्षहरूको रिपोर्टिङ, सहभागितामूलक रुपमा गरिने संयोजक राजथलाले बताए ।

कार्यक्रमको सहजिकरण गर्दै सञ्जालका सह संयोजक दुर्गा अधिकारीले संस्थाका अन्य उद्देश्यहरुका बारेमा जानकारी गराउँनुभएको थियो । विपद पत्रकारिता सञ्जालले विभिन्न खाले विपदहरूलाई एक अर्कामा अन्योन्याश्रित सम्बन्ध रहेको, जटिल प्रणालीहरू भएको र वृहत उद्देश्यसहित विपदको क्षति न्यूनिकरणका लागि संयुक्त प्रयास गर्नेछ । यस सञ्जालले वातावरण (क्लाइमेट), भूगर्भ, जोखिमपूर्ण स्वास्थ्य र महामारी (जस्तैःकोभिड १९)जस्ता क्षेत्रमा काम गर्नेछ । विपद पत्रकारिताका सम्बन्धमा भएका परम्परागत मूल्य मान्यता तथा रुढगत कारण पत्ता लगाई विपद पत्रकारितालाई सिर्जनात्मक रुपमा प्रवद्र्धन तथा रुपान्तरण गर्ने उद्देश्य सञ्जालले लिएको छ ।

Related News

सम्बन्धित समाचार

  • विद्युतीय सवारीसाधनमा आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    गण्डकी । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि…
  • पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन   

    आदर्श समाज सम्वाददाता फागुन ११, २०८०
    गण्डकी ।  वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित दुईदिने ‘विज्ञान,…
  • साइबर अपराधविरुद्ध सचेतना

    आदर्श समाज सम्वाददाता माघ ८, २०८०
    पोखरा । नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा सचेतना कार्यक्रम गरिएको छ ।…
  • टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन   

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    काठमाडौ‌ं ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ…
  • साइबर सुरक्षासम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८०
    पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित एवं युरोपियन इजुकेशन एण्ड कल्चर एक्ज्यूकिटिभ एजेन्सीको आर्थिक सहयोगमा पोखरामा साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय…

hero news full width