पोखरामा दाह्री ग्याङले गर्यो आकस्मिक रक्तदान

आदर्श समाज सम्वाददाता
असार ३१, २०७७
20200716_085801

पोखरा, ३१ असार । कोरोना संक्रमणका कारण भएको लकडाउन र विभिन्न ठाँउको वाढीपहिरोको कारण पोखराको क्षेत्रीय रक्त संचार केन्द्रमा रगत अभाव हुँदै आएको छ ।

यसै सन्दर्भमा बुधवार पोखराको न्यूरोड स्थित आदर्श चोकमा दाह्री ग्याङले रक्तदान कार्यक्रम आयोजना गर्यो । क्षेत्रीय रक्त संचारकेन्द्र पोखराको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा ४१ जनाले रक्तदान गरे ।
दाह्री ग्याङका संयोजक बसन्त पहारीले पहिलो रक्तदाता सुकबहादुर गुरुङलाई ब्लड व्याग हस्तान्तरण गरी उक्त कार्यक्रमको शुभारम्भ गरेका थिए । कास्कीमा दाह्री ग्याङ अन्तरगत ५० जना सकृय युवाहरु रहेको र फेसबुक ग्रुपमा  देशभित्र र वाहिर गरी एक लाख वढी सदस्य आवद्ध रहेको संयोजक पहारीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width