पोखरा, २२ असार । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर गाडी किनेका व्यवसायीले किस्ता र ब्याजको सट्टा धितोरुपमा रहेको गाडीको साँचो नै फिर्ता गर्न थालेका छन्।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले कोरोना भाइरस (कोभिड–१९) का कारण यातायात व्यवसाय ठप्प हुँदा यसअघि गाडी किन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता बुझाउन नसकेपछि धमाधम गाडीकै साँचो बुझाउन थालेका हुन्।
बैंकले किस्ताको लागि ताकेता गरेको भन्दै आफूहरुले सम्बन्धित बैंकलाई ऋणको किस्ताको सट्टा गाडीको चाबी नै बुझाइएको कम्पनी प्रालि अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए।
उनका अनुसार पहिलो दिन सोमबार १ सय १० भन्दा बढी गाडीका चाबी बुझाइएको छ । प्रालिले एनएमबी बैंकमा ३० वटा, गरिमा विकास बैंकमा २५ वटा, प्राइम बैंकमा ३० वटा र मुक्तिनाथ विकास बैंकमा २५ वटा चाबी बुझाएको हो।
कोभिड–१९ महामारी न्यूनीकरणका लागि सरकारील जारी राखेको १ सय दिन बढीको लकडाउनका कारण गाडी चलाउन नपाउँदा कमाई नभएकाले किस्ता बुझाउन असमर्थ रहेको उनीहरुको गुनासो छ।
ऋणको किस्ता ६ महिना पर सार्न माग गर्दा बैंक तथा वित्तिय संस्थाहरुले बेवास्ता गर्दै किस्ता तिर्न ताकेता गर्न थालेपछि आफूहरुले बाध्य भएर साँचो बुझाउनु परेको कम्पनी अध्यक्ष केसीले बताए।
आगामी २ दिनसम्म गाडीको चाबी बुझाउने अभियान जारी रहने र कम्पनीमा आबद्ध १ हजार ३ सय ७० वटा गाडीकै चाबी बुझाउने कम्पनीको योजना छ । ती सवारीमा करिब ५ अर्ब ६० करोड रुपैयाँ लगानी रहेको छ । यसमध्ये बैंक तथा वित्तीय संस्थासँगको ऋण ७० प्रतिशत रहेको छ । ३० प्रतिशत व्यवसायी आफैले लगानी गरेका छन्।
१ हजार ३ सय ७० वटा गाडीकै चाबी बुझाउने कम्पनीको योजना
गाडीको साँचो लिएर व्यवसायीहरु बैंक पुग्दा सम्बन्धित बैंकका प्रमुखहरुले शुरुमा चाबी लिन आनाकानी गरेका थिए । उनीहरुले कर्जा कसरी सहज बनाउन सकिन्छ भन्ने बारेमा छलफल गरी निष्कर्ष निकाल्दा राम्रो हुने भन्दै शुरुवातमा चाबी लिन आनाकानी गरे पनि अन्ततः चाबी बुझेका हुन्।
कम्पनी अध्यक्ष केसीले भने, ‘किस्ता र ब्याज तिर्दैनौं भनेका छैनौं । लोनको किस्ता तिर्ने समय ६ महिना पर सार्दिनुस् मात्र भनेका हौं । तर न सरकारले हाम्रो माग सम्बोधन ग¥यो । न त राष्ट्र बैंक वा बैंक तथा वित्तिय संस्थाहरुबाट नै ।’
एनएमबी बैंक गण्डकी प्रदेश प्रमुख गणेश पराजुलीले व्यवसायीको समस्याबारे आफूहरु जानकार रहेको उल्लेख गर्दै राष्ट्र बैंकले नै यसको समाधान दिनुपर्ने उनको भनाइ छ । उनले असार मसान्तसम्म राष्ट्र बैंकले निकास दिनेमा आशावादी रहेको बताए।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष ऐनकुमार साईले सरकार र राष्ट्रबैंकले आफूहरुको माग नसुनेका कारण आन्दोलनस्वरुप चाबी बुझाउन बाध्य भएको प्रष्ट पारे । तालाचावी बुझाइसकेपछि सम्बन्धित बैंक तथा वित्तिय संस्थाले नै त्यसको जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ । ‘लिलाम गर्दा गाडीको मूल्याङ्कन अनुसार अपुग भए व्यवसायीले तिर्नुपर्ने र बचत भएमा व्यवसायीलाई बैंकले पैसा फिर्ता गर्नुपर्छ,’ उनले भने । उनका अनुसार कम्पनी आवद्ध करिब ९५ प्रतिशत व्यवसायी ऋणमा छन्।
यातायात व्यवसायीका अनुसार नेपालमा करिब ३ लाख यात्रुबाहक सवारीसाधन गुड्छन् । यस क्षेत्रमा करिब १२ लाख मानिसले प्रत्यक्ष रोजगारी पाएका छन्।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१