साफ च्याम्पियनसीप फुटबल अर्को वर्ष

आदर्श समाज सम्वाददाता
असार १६, २०७७
SAAF Championship 2020

पोखरा । कोरोना भाइरसका कारण साफ च्याम्पियनसीप फुटबल अर्को वर्ष हुने भएको छ ।

बंगलादेशमा हुने भनिएको १३ औं संस्करणको दक्षिण एसियाली फुटबल महासंघ च्याम्पियनसीप (साफ) प्रतियोगिता अर्को वर्ष हुने भएको हो ।

साफको सोमबार बसेको बैठकले साफ च्याम्पियनसीप सन् २०२१ मा गर्ने निर्णय गरेको हो । यसअघि, साफ च्याम्पियनसीप फुटबल यही वर्ष सेप्टेम्बरमा गर्ने तय भएको थियो । बंगलादेशले लगातार दोस्रो पटक साफ आयोजना गर्ने जिम्मेवारी पाएको हो ।

यसअघि, १२ औं साफ सन् २०१८ मा बंगलादेशको ढाकामा आयोजना गरिएको थियो । १२ औं साफको उपाधि माल्दिभ्सले जितेको थियो । सो प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । यसैगरी महिला र पुरुषतर्फ साफ यु–१५ च्याम्पियनसीप र साफ यु–१८ वुमन्स च्याम्पियनसीपबारे साफको अर्को बैठकले टुंगो लगाउने समाचार छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै