स्याङ्जा, १५ असार । स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकाका-३ गल्याङका समाजसेवी तथा स्याङ्जा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठले आफ्नो घरमा बस्नेहरुको डेढ महिनाको घरभाडा मिनाहा गरेका छन् ।
गल्याङ नगरपालिका-३ का व्यवसायी श्रेष्ठले लकडाउनका कारण भाडामा व्यवसाय गरी बस्नेहरुलाई समस्या परेको भन्दै डेढ महिनाको घरभाडा मिनाहा गर्ने घोषणा गरेका हुन् । गल्याङ नगरपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् ।
श्रेष्ठले आफ्नो घरमा बस्ने तीन वटा छुट्टाछुट्टै परिवार रहेको भन्दै डेढ/डेढ महिनाको गरी एकमुष्टमा ७९ हजार पाँच सय रुपैयाँ भाडा छुट गरिएको स्पष्ट पारे । गल्याङमा पहिलो पटक भाडा छुट गर्ने घरधनी श्रेष्ठ हुन् । गल्याङ नगरपालिकाले घरबहालमा बस्नेहरुलाई समस्या भएको भन्दै घरभाडा नलिन घरधनीहरुलाई आग्रह गरेपनि यसअघि कुनै पनि घरधनीले यस्तो घोषणा गरेका थिएनन् ।
समाजसेवी र व्यवसायीका रुपमा परिचित श्रेष्ठ स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पनि हुन् । गल्याङ उद्योग वाणिज्य संघले शनिबार बैंठक बसेर लकडाउनका कारण सटरभाडामा लिएर व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई घरभाडा छुट गर्ने घरधनीहरुलाई सम्मान गर्ने निर्णय गरेको गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रसाद अर्यालले बताए ।
Related News
सम्बन्धित समाचार
पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य
पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति
नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
hero news full width
मुख्य समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१