पोखरा, १४ असार । गण्डकी प्रदेशमा आइतबार ४९ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । तीमध्ये ६ जना महिला र ४३ पुरुष छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशअन्तर्गत स्याङ्जा, म्याग्दी, तनहूँ र पर्वत जिल्ला सम्बन्धित आइसोलेसन कक्षमा उपचार गराइरहेका ४९ जना एकैपटक डिस्चार्ज भएका हुन् । प्रदेशमा हालसम्म कुल संक्रमित ८ सय ९५ मध्ये निको हुनेको संख्या यो सहित १ सय ७० पुगेको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।
सबैभन्दा बढी स्याङ्जाका ४ महिला र २८ पुरुष गरी ३२ जना निको भएका हुन् । त्यस्तै, म्याग्दीका १ जना पुरुष, तहुँ र पर्वतका क्रमशः ६ र ८ जना छन् । तनहुँ र पर्वतका कोरोना संक्रमितमध्ये आइतबार डिस्चार्ज हुनेमा १–१ जना महिला छन् ।
स्याङ्जाका ३४ जना संक्रमित निको भई शनिबारमात्र डिस्चार्ज भएका थिए ।
पछिल्लो १ महिना कोरोना संक्रमित संख्या ह्वात्तै बढे पनि निको हुनेको दर पनि क्रमशः वृद्धि हुँदै गएको पाइन्छ ।
प्रदेशमा आइतबार मात्र ७ जनामा कोरोना पुष्टि भएको छ । योसहित प्रदेशका ११ जिल्लामध्ये कुल संक्रमिते संख्या ८ सय ९५ पुगेको हो ।
आइतबार पोखराका ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा स्वाब टेष्ट गरिँदा पोजेटिभ रिपोर्ट आएको हो ।
यस्तै, प्रदेश क्षयरोग केन्द्र, पोखरामा भएको परीक्षणमा बागलुङ र म्याग्दीका २–२ जना र पर्वत र लमजुङका १–१ जना छन् ।
बागलुङ नगरपालिकाका वर्ष २१ र ६५ का पुरुष, म्याग्दीको बेनी नगरपालिकाका वर्ष ३० र ४० का महिला, पर्वत सदरमुकाम कुष्माका २२ वर्षीय पुरुष र लमजुङ सदरमुकाम वेशीशहर ठेगाना भइ आबुखैरेनीमा कार्यरत ३८ वर्षीय पुरुषमा कोरोना देखा परेको हो ।
प्रदेशमा १३ हजार ७ सय ८३ को नमुना संकलन भएकोमा २ सय ५९ को मात्र रिपोर्ट आउन बाँकी छ । कोरोना संक्रमितमध्ये २ जना पुरुषको निधन भएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
गायिका समीक्षा अधिकारी सम्मानित
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१