पोखरा, १४ असार । पोखरा महानगरपालिका वडा नं. ३० गगनगौंडामा सतीघाट शवदाह स्थल निर्माण सम्पन्न भएको छ ।
पूर्व स्वाथ्यमन्त्री तथा कास्की क्षेत्र नं. १ का प्रतिनिधि सभासद माननीय खगराज अधिकारीले शवदाह स्थलको उद्घाटन गरेका हुन् । कुल ७६ लाख रुपैयाँमा निर्माण सम्पन्न शवदाह स्थलमा दुई वटा चित्ता, तीन सय जना बस्ने स्थल, ट्वाइलेट , बाथरुप सहित दाहसंस्कारमा आवश्यक कपाल फाल्ने, दाउरा राख्ने स्थनको निर्माण गरिएको छ ।
कार्यक्रमका प्रमुख अधिकारीले संस्कारले समाजलाई अनुशासनमा राख्ने गर्दछ, यो शवदाह स्थलले मृत्यु संस्कारलाई सहज बनाएको छ । कार्यक्रममा पोखरा महानगरपालिका मेयर मानबहादुर जिसी, रुपा गाँउपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङ, पोखरा महानगरपालिका वडा नं. ३० का अध्यक्ष श्रीराम पोखरेल, वडा ३१ का कमल थापा, वडा नं. ३२ का अक्कलबहादुर कार्की, नेकपा जिल्ला सदस्य दिलीप न्यौपाने, नेपाली काँग्रेसका कास्की जिल्ला सदस्य गणेश के.सी.,सतीघाट समितिका सल्लाहाकार तीर्थ जंगली, प्रेमबहादुर गुरुङ, अर्थ संकलन समिति उपसतिका संयोजक अरुणा आले लगायतका वक्ताहरुले शवदाह स्थलको निर्माण कार्यले यस क्षेत्रका वासिन्दालाई दाहसंस्कारमा सहज तुल्याएको बताए ।
सतीघाट निर्माण समितिका अध्यक्ष राजु केसीको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष देवराज पन्थीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम समितिका कानूनी सल्लाहाकार सन्तोष तिवारी सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु
नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ
तोरन्लमा रमाउँदै थकाली समुदाय
पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी
वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता
hero news full width
मुख्य समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१