पोखरा, १३ असार । स्याङ्जाको एकै गाउँपालिकामा ६ महिलासहित १९ जनामा कोरोना देखा परेको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदबिन्दु शर्माका अनुसार अर्जुनचौपारी गाउँपालिकाका उनीहरुमा कोरोना पुष्टि भएको हो । तीमध्ये १२ महिने, ८ वर्षे र ९ वर्षे बालकसमेत संक्रमित छन्।
यस्तै, वर्ष १८ देखि ४१ उमेर समूहका अरु ९ जना पुरुष पनि संक्रमित छन् । वर्ष १० र १२ का २ जना बालिकाहरु, १४ वर्षीया किशोरी, वर्ष २०, २५ र २९ वर्षका महिला संक्रमित हुन पुगेका छन्।
स्याङ्जाकै पुतलीबजार नगरपालिकाका ४२, बालिङ नगरपालिकाका २६ र बिरुवा गाउँपालिकाका २३ वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको छ । स्याङ्जामा शनिबारमात्रै २२ जनामा कोरोना संक्रमित थपिएका हुन् । उनीहरु सबैजनाको स्वाब परीक्षण प्रदेश क्षयरोग केन्द्र, पोखरामा भएको हो।
प्रदेशअन्तर्गत बागलुङका ८ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का २ जना पुरुषमा पनि कोरोना देखिएको जनाइएको छ।
बागलुङको काठेखोला गाउँपालिकाका ७ जनामध्ये वर्ष २० देखि ५० उमेर समूहका छन् भने ढोरपाटन नगरपालिकाका २५ वर्षीय पुरुष संक्रमित छन् । उनीहरुको परीक्षण पनि प्रदेश क्षयरोग केन्द्र, पोखरामा भएको हो।
उता, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिकाका वर्ष २६ र ४० का पुरुषमा पनि कोरोना देखिएको छ।
गण्डकीमा योसहित कोरोना संक्रमितको कुल संख्या ८ सय ३८ पुगेको स्वास्थ्य निर्देशनालयको शनिबार बिहान जारी विज्ञप्तिमा उल्लेख छ।
प्रदेशमा हालसम्म २ जनाको मृत्यु भएको भने १ सय बढी डिस्चार्ज भएका छन् । शुक्रबार साँझमात्रै पोखराबाट १७ जना कोरोना संक्रमितका बिरामी निको भइ घर फर्केका हुन्।
Related News
सम्बन्धित समाचार
बाहिरियो नेपालबाट मनसुन
कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’
दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु
हर्षोल्लासका साथ मनाइँदै विजया दशमी
९ महिना मै भित्रिए मुस्ताङमा १ लाख पर्यटक
hero news full width
मुख्य समाचार
दसैँलाई कोसेली मुस्ताङी स्याउ
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
असाेज २४, २०८१नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असाेज २३, २०८१दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
असाेज २३, २०८१हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१