एकैदिन ५३८ मा कोरोना संक्रमण, २४ को मृत्यु

एजेन्सी
असार ९, २०७७

काठमाण्डौ, ९ असार । मंगलबार ५ सय ३८ कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ३८ संक्रमित थपिएको जानकारी दिए।

सो संख्या थपिएसँगै आजसम्म कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको छ। पछिल्लो २४ घण्टामा ७६ कोरोनाका विरामी निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।
मंगलबार डिस्चार्ज हुनेमा ६८ पुरुष र ८ महिला छन् । यीसहित हालसम्म २ हजार २ सय १८ निको भएर घर फर्किएका छन्। त्यस्तै कोरोनाबाट २४ जनाको मृत्यु भएको छ । यस दिन ४ हजार ९ सय ९५ जनाको पिसिआर परीक्षण गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width