तनहुँ, ९ असार । जिल्लाको पर्यटकीय नगरी बन्दिपुर गाउँपालिकामा २ जना स्वास्थ्यकर्मी, १जना सुरक्षाकर्मी(प्रहरी) सहित ११ जनामा कोरोना पुष्टि गरिएको छ ।
सोमबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिकाले आपतकालिन बैठक राख्दै गाउँपालिका भित्र एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको बन्दिपुरगाँउपालिकाका अध्यक्ष पुर्णसिंह थापाले बताए ।
बन्दिपुर गाउँपालिकाले गाउँपालिकाको कार्यालय र इलाका प्रहरी कार्यालय बन्दिपुर १ हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको अध्यक्ष थापाले जानकारी दिए। यसकासाथै गाउँपालिका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था, निजी क्षेत्र, बैङ्क तथा वित्तीय संस्था २ हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको छ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा ८ जना, ऋषिङ गाउँपालिकामा ३२ जना, भानु नगरपालिकामा ४ जना, घिरिङ गाउँपालिकामा २४ जना, शुक्लागण्डकी नगरपालिकामा ५ जना, बन्दिपुर गाउँपालिकामा ११, आबुखैरेनी गाउँपालिकामा ३, भिमाद नगरपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएका थियो । यस अवधिमा जिल्लामा संक्रमितहरुको संख्या ९० जना पुगेको छ भने ९ जना निको भएर आफनै घर फर्किएका तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१