कोरोना संक्रमित दुई युवा निको भए

साधन राम्जाली
असार ६, २०७७
IMG_9476

म्याग्दी, ६ असार । म्याग्दीका कोरोना संक्रमित दुई युवा कोरोना जितेर घर फर्किएका छन् । जिल्लाको मालिका गाउँपालिका–४ का ३० वर्षीय टिकबहादुर पुन र मंगला गाउँपालिका–४ का १९ वर्षीय बविन नेपाली कोरोनालाई जितेर शनिबार घर फर्किएका हुन् ।

पहिलो संक्रमित पुनको तेस्रो र दोस्रो संक्रमित नेपालीको दोस्रो पीसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई शनिबार विदाई गरिएको हो । कोरोना संक्रमित पहिलो र दोस्रो युवा भारतबाट आएका हुन् । जेठ ९ गते आएका पहिलो कोरोना संक्रमित पुनलाई जेठ १४ गते कोरोना पोजेटिभ देखाएको थियो भने जेठ १२ गते आएका दोस्रो संक्रमित नेपालीलाई २२ गते कोरोना पोजेटिभ देखाएको थियो ।

उनीहरुलाई प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल ,स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्साल ,प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर ,बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल ,मेडिकल सुपरिटेण्डेण्ट डा.अमृत अधिकारी सहितको टोलीले विदाई गरेका हुन् ।

संक्रमित युवाहरुलाई बेनीको खुल्ला मञ्च स्थित आइसोलेसन कक्षमा राखिएको थियो । उच्च मनोबल बनाएकै कारण आफुहरुले कोरोना जित्न सफल भएको बताए । ‘सुरुमा कोरोना संक्रमण भएको थाहा पाउँदा गाह्रो भएको थियो ।

केही सोच्नै सकेको थिएन ,’ पहिलो कोरोना संक्रमित पुनले भने ,‘ स्वास्थ्यकर्र्मीको उपचार,सबैको हौसला र आफुले मनोबल उच्च बनाएकै कारण कोरोना जित्न सफल भएको हुँ ।’ कोरोना लाग्दैमा त्रसित हुनुनपर्ने दोस्रो कोरोना संक्रमित नेपालीले बताए । कोरोना पोजेटिभ देखिएपनि उच्च मनोबल बनाएमा कोरोनालाई जित्न सहज हुने उनको अनुभव छ ।

Related News

सम्बन्धित समाचार

hero news full width