वालिङ, ६ असार । स्याङ्जा सहयोग समाज कुवेतले चापाकोटलाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको छ । चापाकोट नगरपालिका र हरिनास गाउँपालिकालाई एक/एक वटा एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेसँगै यसपटक चापाकोटलाई सहयोग गरिएको समाजका महासचिव श्रवण गाहामगरले बताए ।
“कुवेतमा रहेको समितिको पहलमा एम्बुलेन्स खरिदका लागि ब्यक्तिगत तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेर रकम सङ्कलन गरेका थियौं,” महासचिव मगरले भने “हामीले राखेको विशुद्ध सामाजिक कार्यले मूर्तरुप पाएको छ ।” यसअघि हरिनास गाउँपालिकामा रहने गरी टाटा सुमो कम्पनीको एम्बुलेन्स हस्तान्तरण गरिएको र अहिले महिन्द्रा कम्पनीको बोलेरोमा अत्यधुनिक प्रविधि जडान भएको एम्बुलेन्स उपलब्ध गराइएको हो ।
दुई वटा एम्बुलेन्स खरिदका लागि भन्सार छुटसहित झण्डै २३ लाख लागेको समाजका महासचिव मगरले बताए । ग्रामीण वस्तीमा यातायातका साधन प्राप्त गर्न सहज पहुँच नपुग्ने भएकाले बिरामीलाई सहजरुपले ओसारपसार गर्दा राहत हुने समाजका सल्लाहकार विश्वास पुरीले बताए । एम्बुलेन्सलाई व्यवस्थितरुपमा चलाउन समिति वनाउने तयारी भइरहेको छ । नगरपालिकाको पायक पर्ने स्थानमा एम्बुलेन्स राखिनेछ । चापाकोटसहित पाल्पाको रामपुर नगरपालिकाका बासिन्दाले सहजरुपमा सेवा लिन सक्ने छन् ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
hero news full width
मुख्य समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१