प्रेस संगठनलाई नेलम्बो नेपालद्वारा सहयोग

आदर्श समाज सम्वाददाता
असार ४, २०७७
nalambu progrem photo

हेमजा, ४ असार। नेलम्बो नेपालले प्रेस संगठन कास्कीलाई बुधवार एक कार्यक्रमका बीच स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ।

हाल विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को बढ्दो संक्रमण र उच्च जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै अग्र भागमा खटिने पत्रकारलाई सुरक्षित रहेर आफ्नो कार्यमा खटिन सहज होस् भन्ने उद्देश्यले सहयोग गरेको हो।

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा, कार्यक्रम संयोजक डा. किसन कोइराला, सम्पर्क सुपरिवेक्षक भीमप्रसाद भण्डारीले ती स्वास्थ्य सुरक्षा सामग्री संगठन कास्कीका संयोजक माधव बराल, सहसंयोजक सन्देश श्रेष्ठलाई नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठको उपस्थितीमा हस्तान्तरण गरेका हुन्।उक्त संस्थाले जोरो नाप्ने थर्मल गन, स्यानिटाइजर, मास्क, ग्लब्स, सावुन लगायतका सामग्री सहयोग गरेको छ।

अग्रभागमा खटिने पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्न पाउँदा आफूहरु खुशी भएको जनाउँदै संस्थाका अध्यक्ष देवकोटाले संस्थाले विगत साढे २ वर्षअघिदेखि स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा कार्य गर्दै आएको जानकारी दिए ।आगामी दिनमा पनि प्रेस संगठन कास्कीसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता समेत उनले जनाए ।

प्रेस संगठन कास्कीका अध्यक्ष माधव बरालले सहयोगप्रति आभार प्रकट गरे ।यो महामारीको बेला पत्रकार अग्रभागमा खटिएर रिपोटिङ गर्नुपर्ने भएकोले स्वास्थ्य सुरक्षा सामग्री अझै बढी आवश्यक पर्दछ अध्यक्ष बरालले भने, सहयोग गरेका यी सामग्री कास्कीमा क्रियाशील सबै पत्रकार समक्ष पुर्याउने छौं ।

उनले कोरोना महामारीलाई मध्येजनर गर्दै संगठनले संगठनमा आवद्घ सबै पत्रकार तथा कास्कीमा क्रियाशील अन्य पत्रकारहरुको समेत कोरोना बीमा गर्ने प्रतिबद्घता जनाए ।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले संस्थाले कोरोना महामारीको यो समयमा पत्रकार सम्बद्घ संघसंस्थालाई सहयोग गरेकोमा आभार प्रकट गरे ।

उनले सहयोगको उच्च मूल्याङकन गरिने समेत बताए ।कार्यक्रम नेलम्बो नेपालका सम्पर्क सुपरिवेक्षक भीमप्रसाद भण्डारीले संचालन गरेका थिए । नेलम्बोले यसअघि कास्कीमा क्रियाशील अन्य संघसंस्था तथा स्थानीय तहलाई समेत स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।शिक्षा, स्वास्थ्य र वातारणको क्षेत्रमा निरन्तर कार्यक्रमहरु गर्दै जाने उक्त संस्थाले भनेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width