म्याग्दी, ३१ जेठ । म्याग्दीमा शुक्रबार थप एक जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि अस्पतालमा उपचारका लागि आएका मङ्गला गाउँपालिका–३ बरङ्जाका ४९ वर्षीय पुरुषलाई डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताए ।
बिरामीको ट्राभल हिष्ट्री नभएकाले ग्रामीण क्षेत्रमै डेङ्गु फैलिने एडिस जातको लामखुट्टे सक्रिय रहेकाले सचेत हुनुपर्ने सुवेदीको भनाइ छ । योसँगै वैशाख र जेठ महिनामा मङ्गला गाउँपालिकामा चार जनामा डेङ्गु पोजेटिभ देखिएको छ भने जिल्लाभर सङ्क्रमितको सङ्ख्या १४ पुगेको छ । बेनी अस्पतालमा छिमेकी जलजला गाउँपालिकाबाट समेत उपचारका लागि आएकी एक वृद्धामा डेङ्गु देखिएको थियो । वैशाख ९ गते पहिलो डेङ्गु सङ्क्रमित अर्मनका १७ वर्षीय युवामा स्क्रब टाइफससमेत पोजेटिभ देखिएको थियो ।
गत वर्ष म्याग्दीमा १२ मा डेङ्गु र एक जनामा स्क्रब टाइफसका देखिएको थियो । डेङ्गु ज्वरो एडिस एजिप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक सरुवा रोग हो । डेङ्गु एक बिरामीबाट अर्को बिरामीमा सजिलै सङ्क्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्छ । म्याग्दी देशरभरमै डेङ्गु सङ्क्रमण फैलिने जिल्लामा रुपन्देही पछि दोस्रोमा छ भने गण्डकी प्रदेशका ११ जिल्लामा पहिलो स्थानमा छ । स्वास्थ्य कार्यालयले गरेको सर्वेक्षणमा डेङ्गु सार्ने लामखुट्टे बेनी नगरपालिका र मङ्गला गाउँपालिकामा अत्यधिक भेटिएको थियो ।
कोरोना कोषमा छ लाख
कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा म्याग्दीको मङ्गला गाउँपालिकाका शिक्षकले तीन दिनको पारिश्रमिक रु छ लाखभन्दा बढी सहयोग गरेका छन् ।
नेपाल शिक्षक महासङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, नेपाल शिक्षक सङ्घ र एकीकृत नेपाल राष्ट्रिय शिक्षक सङ्घले संयुक्त पहलमा सङ्घीय सरकारको कोरोना कोष र गाउँपालिकाले स्थापना गरेको आपत्कालीन कोरोना कोषमा गाउँपालिकाभित्रका ४० विद्यालयका २०० शिक्षक, ४७ कर्मचारी र ४४ बालविकास सहजकर्ताले रु छ लाख ३० हजार ९४३ हस्तान्तरण गरेका छन् ।
गाउँपालिकाको कोषमा दुई दिनको तलब रु चार लाख २० हजार ६२९ र सङ्घीय कोषमा रु दुई लाख १० हजार ३१४ जम्मा गरिएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष होमनाथ पाण्डेले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव
पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
एन प्याब्सन महाधिवेशन फागुनमा
रिहर्सलमा ‘सपना डिलक्स कोच’
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१