नेपालमा एकै दिन थपिए ४४८ संक्रमित, संक्रमित संख्या ५०६२

एजेन्सी
जेठ ३०, २०७७

काठमाण्डौ, ३० जेठ । नेपालमा शुक्रबार मात्रै अहिलेसम्मकै सबैभन्दा वढी ४४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेद्धारा गरिएको पत्रकार भेटघाटमा विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा ४४८ जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ। तीमध्ये ८७७ जना उपचारपछि निको भएका छन् भने १६ जनाको मृत्यु भएको छ।

शुक्रबारसम्म नेपालमा १ लाख २१ हजार ८ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५८ हजार ५० जनालाई क्वारेन्टिनमा राखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width