Worldlink ads

सफल कृपाद्वारा स्वास्थ्य सामग्री वितरण

आदर्श समाज सम्वाददाता
जेठ ३०, २०७७
hemja safal kripa sahakari progrem photo

हेमजा, ३० जेठ ।पोखरा–२५, हेमजा, लामाचौतारा स्थित सफल कृपा बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यलाई प्राथमिक स्वास्थ्य सामग्री वितरण गरेको छ।

हाल विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(कोविड १९)को संक्रमण न्यूनीकरणका लागि भन्दै सहकारीले सेनिटाइजर, सावुन र माक्र्स वितरण गरेको हो ।उक्त कार्यमा संस्थाका अध्यक्ष धनबहादुर थापा, लेखा संयोजक गणेशबहादुर थापा, व्यवस्थापक सूर्यकुमार श्रेष्ठ लगायत खटिएका थिए।

संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै सामग्री वितरण गरेको व्यवस्थापक श्रेष्ठले बताए।जुन शुक्रवार बिहान साढे सात बजेदेखि १० बजेसम्म कार्यालय हातामा भएको थियो। त्यस्तै संस्थाले सामाजिक दुरीलाई ख्याल गर्दै अत्यावश्यक स्वास्थ्य सामग्री प्रयोग गरी आफ्नो दैनिक कार्यसंचालन गर्न पनि शेयर सदस्यमा अनुरोध गरेको छ ।त्यस्तै सामग्री लान छुटेका शेयर सदस्यलाई कार्यालय खुल्दाको समयमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

Related News

सम्बन्धित समाचार

    • २४ घण्टामा १५११ सङ्क्रमित थपिए

      रासस भाद्र ३१, २०७८
      काठमाडौं । आज एकैदिन एक हजार ५११ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको…
    • शनिबारसम्म वर्षा हुने

      रासस भाद्र ३१, २०७८
      काठमाडौं । न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा…
    • तनहुँमा निषेधाज्ञा बढाइयो

      रासस भाद्र ३१, २०७८
      दमौली । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले निषेधाज्ञा लम्ब्याएको छ । केन्द्रको आज बसेको बैठकले आगामी असोज १२ गतेसम्म निषेधाज्ञा…
    • नेपाल टेलिकमको नमस्ते पे एप

      आदर्श समाज सम्वाददाता भाद्र ३१, २०७८
      पोखरा । नेपाल दूरसञ्चारको नेपाल टेलिकमले नमस्ते पे सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा एप…
    • १ सय सुपरीवेक्षक खटिए

      आदर्श समाज सम्वाददाता भाद्र ३१, २०७८
      वालिङ । बुधबारबाट सुरु जनगणनाका लागि स्याङ्जामा १ सय जना सुपरीवेक्षक खटिएका छन् । जिल्लाका ११ पालिका मध्यनजर गर्दै जिल्ला…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads