नेपालमा कोरोना संक्रमितको संख्या ४०८५ पुग्यो

एजेन्सी
जेठ २७, २०७७
virus upward trend

काठमाण्डौ, २७ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । विभिन्न जिल्लामा मंगलबार ३२३ संक्रमित थपिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ३२३ जना कोरोना भाइरसका संक्रमितहरु थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३२३ जना कोरोना संक्रमित थपिएको बताए।

संक्रमितमध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेको प्रवक्ता गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ। कोरानालाई जितेर पछिल्लो २४ घण्टामा ८ महिला ८८ पुरुष गरी ९६ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५८४ पुगेको छ भने कोरोना संक्रमणकै कारण १४ जनाले ज्यान गुमाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width