पूर्वी नवलपरासीका १२ जनामा कोरोना संक्रमण

रामकुमार श्रेष्ठ
जेठ २७, २०७७
corona

नवलपरासी, २७ जेठ । पूर्वी नवलपरासीका १२ जनामा कोरोना संक्रमण पोजेभिट देखिएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा मंगलबार जारी गरिएको विज्ञप्ति अनुसार पूर्वी नवलपरासीमा १२ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो।

ति सबै बौदीकाली गाउँपालिकाका हुन्। ति सबै पुरुष हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश चापागाईका अनुसार बौदीकाली २ का १९ र ३० बर्षका २ जना पुरुष, बौदीकाली ३ का ३० बर्षीय १ जना पुरुष, बौदीकाली ४ का १८, १८, १९, २०, २१, २२, २२, ३० र ४० बर्षका गरी ९ जना पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो।

बौदीकालीमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । यो सहित संक्रमितको संख्या नवलपुरमा ३४ पुगेको छ । सोमबार कावासोतीका ३ जना र गैडाकोटका २ जनामा कोरोना संक्रमण देखिएको थियो भने आइतबार नवलपुरको ४ जनामा कोरोना संक्रमण भेटिएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width