Worldlink ads

गल्याङका स्वास्थ्य शाखा प्रमुख मृत भेटिए

टीकाराम अधिकारी
जेठ २५, २०७७
momentsbeforedeath

गल्याङ, २५ जेठ । श्रीमतीलाई खाना पकाउनू भनेर हिडेका गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख लीला भण्डारी मृत भेटिएका छन् । गल्याङ वडा २, बटुवाका ४६ वर्षीय भण्डारी आइतबार साँझ ५ बजे घर नजिकै एक रुखमा नाम्लोले पासो लगाएको अवस्थामा मृत भेटिएका हुन् ।

वालिङ प्रहरी चौकीका इञ्चार्ज प्रहरी निरीक्षक नीरञ्जन घिमिरेले भण्डारीले आत्महत्या गरेको हुन सक्ने बताए । उनका अनुसार शव पोष्टमार्टमका लागि वालिङ प्राथमिक स्वास्थ्य चौकी राखिएको जनाएको छ ।

भण्डारी आइतबार बिहान ८ बजेतिर श्रीमतीलाई खाना पकाउनू म अहिले आउँछु भन्दै घरबाट निस्केको परिवारस्रोतले जनायो । दिनभर घर नफर्केपछि र मोवाइलमा समेत सम्पर्क हुन नसकेपछि परिवारजनले खोजी थालेका थिए । अंकललाई खोज्न जानुप¥यो भनी अभिषेक र अपिल निस्केकोमा उनीहरुले घरभन्दा ५ सय मिटर उत्तरपूर्व दबदबेको रुपमा नाम्लो पासो लगाएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

परिवारस्रोतका अनुसार भण्डारी केही समयदेखि तनावमा थिए । उनले अब अबकाश लिएर बस्छु भनी पटक पटक भन्दै आएका थिए ।
कोरोना भाइरस (कोभिड–१९) रोकथामका स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीको यतिखेर उच्च महत्व छ । स्याङ्जाको वालिङमा हालसम्म २ जना कोरोना संक्रमित भेटिएका छन् ।

Related News

सम्बन्धित समाचार

    • कांग्रेस जिल्ला उपसभापतिमा ढुंगाना उम्मेदवारी

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      लेखनाथ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कास्की जिल्लाको उपसभापतिमा पोखरा–३१ का कृष्णप्रसाद ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् । वेगनासतालमा…
    • शुभ अवसर ग्रामको तालिम सम्पन्न

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      पोखरा । शुभ अवसर ग्राम नेपालको आयोजनामा उद्यमशीलता विकास तथा व्यवसाय व्यवस्थापन तालिम सम्पन्न भएको छ । ४ दिनसम्म चलेको…
    • पृथ्वी सहकारीको आठौं वार्षिक साधारणसभा सुरु

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      पोखरा । पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था, पोखरा पृथ्वीचोकको आठौं वार्षिक साधारण बिहीबारदेखि सुरु भएको छ । प्रमुख अतिथि संस्थाका संस्थापक…
    • उत्तरदायी पत्रकारितामा जोड

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      पोखरा  । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र कास्की शाखाको संयुक्त आयोजनामा उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रममा…
    • ‘हिडन भ्याली’ सधैं छायामा

      धनबहादुर गुरुङ असाेज ८, २०७८
      पोखरा । घुम्न साह्रै सौखिन घाचोकका रामप्रसाद गुरुङ रहरैरहरमा ट्रेकिङ व्यवसायमा लागे । उनी माछापुच्छ्रे १, घाचोकका पहिलो पर्यटन व्यावसायी…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads